केटीएमले EICMA मोटरसाइकल शोमा ३९० रेन्जका तीन मोटरसाइकल प्रदर्शन गर्ने भएको छ । कम्पनीले आरसी ३९०, ३९० ड्युक र ३९० एडभेन्चर मोटरसाइकल प्रर्दशन गर्न लागेको हो । इटलीको मिलानमा आयोजना भएको EICMA मोटरसाइकल शो आज नोभेम्बर ५ बाट सुरुभई १० नोभेम्बरमा समापन हुनेछ ।
कम्पनीले लामो समयदेखि ३९० ड्यूकको परिमार्जित संस्करण ल्याउने तयारी गरिरहेको थियो । सन् २०१३ सार्वजनिक भएको यो मोडल सन् २०१७ मा सामान्य अपग्रेड सहित बजारमा आएको थियो ।
यस्तै, EICMA मोटरसाइकल शोमा प्रदर्शन हुने केटीएम आरसी ३९० को नयाँ संस्करण स्पोर्ट बाइकको रुपमा आउने छ । कम्पनीले यो बाइकलाई पहिलोपटक सन् २०१४ मा प्रदर्शन गरेको थियो । त्यसपछि हालसम्म, परिमार्जीत नभएको यो मोडल अन्तत नयाँ संस्करणमा आउने भएको हो ।
साथै, कम्पनीले EICMA मोटरसाइकल शोमा केटीएमको बहुप्रतिक्षीत बाइक ३९० एडभेन्चर अनविल गर्ने भएको छ । ३९० एडभेन्चरमा सिंग्नेचर भर्टिकल स्प्लिट एलइडी हेडल्याम्प, टल विन्डस्क्रिन र सस्पेन्सन सेटअपको विशेषता दिइएको छ । तीन वटै मोटरसाइकलमा समान ३५७ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर मोटर लगाइएको कम्पनीले जनाएको छ ।
यी मोटरसाइकलको मूल्य अग्रेशिप रहने बताइएपनि अहिल्यै केही बताइएको छैन । आकर्षक पावरट्रेन, लुक्स तथा डिजाइनमा आउने यी तीन मोटरसाइकल नेपाली बजारमा पनि आउने छन् ।

