हार्ले चढ्न चाहनेलाई खुसीको खबर, कम मूल्यका दुई बाइक नेपाल आउँदै (मूल्यसहित)

काठमाडौं । आइएमई मोटर्सले विश्वमै महंगो मानिने हार्ले डेभिडसनका कम मूल्यका दुई मोटरसाइकल नेपाल ल्याउने तयारीलाई अन्तिम चरमा पुर्याएको छ । कम्पनीले हार्लेको स्ट्रीट ७५० र स्ट्रिट रड ७५० बाइक नेपाली बजारमा भित्रिने भएका हुन् ।

कम्पनीले ल्याउन लागेको स्ट्रीट ७५० को मूल्य २५ लाख रुपैयाँ र स्ट्रीट रडको मूल्य २७ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । 

स्ट्रीट ७५० मा ७४९ सीसीको लिक्विड कुल्ड भी–ट्विन इन्जिन छ, जसले ५८ एचपी पावर र ५९ एनएम टर्क जेनेरेट गर्छ । यसमा मिकुनी सिंगल पोर्ट फ्युल इन्जेक्सन सिष्टम छ । यसको ह्विलबेस १,५२० एमएम छ भने १३.१ लिटरको इन्धन ट्यांकी छ । यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम छ ।

स्ट्रीट रड ७५० मा पनि ७४९ सीसीको लिक्विड कुल्ड भी–ट्विन इन्जिन छ, जसले ६२ एनएम टर्क जेनेरेट गर्छ । यसमा मिकुनी ट्विन पोर्ट फ्युल इन्जेक्सन सिष्टम छ । यसको ह्विलबेस १,५१० एमएम छ भने यसमा पनि १३.१ लिटरको इन्धन ट्यांकी छ । यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ ।


Back_to_top