यस्तो देखिन्छ पेट्रोल इन्जिनमा नयाँ ब्रेजा, यी हुन् परिवर्तन

मारुती सुजुकीको चर्चित सब कम्प्याक्ट एसयूभी भिटारा ब्रेजाको तस्बिर बाहिर आएको छ । भारतीय अटो मिडिया रसलेनेले बाहिर ल्याएको नयाँ ब्रेजा पुरानोको तुलनामा निकै आक्रमक र स्टाइलिस रहेको छ । 

बजारमा हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३०० र टाटा नेक्सनजस्तो सफल मोडलहरुसँग प्रतिस्पर्धा गरिरहेको ब्रेजा अब भने पेट्रोल इन्जिनमा आउने भएको हो । 

यस सेग्मेन्टमा निकै प्रतिस्पर्धा बढेसँगै कम्पनीले सर्वाधिक बिक्री हुने ब्रेजा पनि निकै परिमार्जनगरि बजारमा उतार्न लागेको हो । अहिले परिक्षणका क्रममा देखिएको ब्रेजामा यसअघिको ग्रिलमा परिमार्जन गरिएको छ । यसमा कम्पनीले रेडियटर ग्रिल दिइएको छ भने भर्टिकल क्रोमको प्रयोग गरेको छ ।

कम्पनीले यसमा दिइएको हेडलाईटमा पनि परिमार्जन गरेको छ । कम्पनीले यसमा फुल एलइडी हेडल्याम्प दिएको अनुमान गरिएको छ । साथै, यसमा दिइएको फग ल्याम्पपनि केही मोडिफाई गरिएको छ भने अगाडिको बम्परमा पनि निकै परिमार्जन पाउन सकिन्छ ।

नयाँ अलोय ह्वील र रि–डिजाइन ड्यासबोर्ड नयाँ ब्रेजाको अर्को महत्वपूर्ण पार्टस मानिएको छ । कम्पनीले यसमा १.५ लिटर के १५ नेचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले १०५ बीएच पावर र १३८ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यो इन्जिन आफ्नो आर्टिगा र सियाजमा दिएको छ ।

नयाँ ब्रेजा आगामी फेब्रुअरीमा भारतीय बजारमा सार्वजनिक हुने छ । त्यसपछि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top