युवाको रोजाईमा होन्डा XR-125L, थाहापाउनुस् मूल्य र फिचर

काठमाडौं । होन्डा मोटरसाइकल प्रेमिकाे लागि परिचित नाम हो । तर, पछिल्लो समय नेपाली बजारमा होन्डाको मोटरसाइकलको तुलनामा स्कुटरको माग बढी रहेको छ ।

होन्डा अफरोड राइडमा जान चाहने राइडरको प्रमुख छनोटमा पर्ने सबैभन्दा जेठो कम्पनी हो । नेपाली बजारमा होन्डाका उत्पादन स्याकार कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले इन्ट्री लेवल डर्ट बाइकको रुपमा एक्सआर १२५ एल नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले यसको मूल्य ३ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको हो । 

होन्डाले आफ्नो इन्ट्रिलेवल डर्ट बाइकमा १२४.७ सीसी क्षमताको ओभर हेड क्याम, एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले ८२५० आरपीएममा १०.७ बीएच पावर प्रदान गर्छ भने ६५०० आरपीएममा १०.४ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ५ स्पीड गियर बक्स दिइएको छ ।

यसमा कम्पनीले हाइड्रोलिक भ्यान्टिलेटेड डिस्क ब्रेक दिएको छ । आरामदायी यात्राको लागि अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्विङआर्म मोनोसक दिइएको छ । 

१२ लिटरको इन्धन ट्याङ्क रहेको मोटरसाइकलले प्रतिलिटर ३० किलोमिटर माइलेज प्रदान गर्छ । २१०० एमएम लामो, ११२६ एमएम अग्लो र ८२० एमएम फराकिलो बाइकमा १३६१ एमएम लामो ह्वील वेस दिइएको छ । यसमा ग्राउन्ड क्लियरेन्स २४३ एमएम रहेको छ ।


Back_to_top