उत्कृष्ट भएरपनि नेपालमा असफल तीन डर्ट बाइक

काठमाडौं । सामान राम्रो र अन्तर्राष्ट्रिय ब्राण्ड हुँदैमा त्यसले बजार पाउनु पर्छ वा पाउँछ भन्ने हुँदैन । चाहे त्यो कपाडा होस्, खाना होस् वा बहुमूल्य सामान । त्यस्तै भएको छ केही मोटरसाइकल कम्पनीलाई ।

नेपाली बजार डर्ट वाइकको क्रेज बढिरहेको समयमा आएका विभिन्न कम्पनीले आफ्ना पछिल्ला उत्पादन बजारमा ल्याएका न् । यस्तोमा अमेरिकी र इटलीयन ब्राण्डका मोटरसाइकल नेपालमा असफल भउका छन् ।

यसरी उत्कृष्ट उत्पादनको रुपमा नेपाल आएर नामसमेत बनाएका तर, बिक्रीको हिसावले अत्यन्त कमजोर रहेका डर्ट वाइक यस्ता रहेका छन् ।

रनर २०० हक

बंग्लादेशी मोटर कम्पनी रनर ब्राण्डका मोटरसाइकल नेपाली बजारमा भित्रिएको लामो समय भइसकेको छ । सस्तो मूल्य रहेको रनर ब्राण्डका मोटरसाइकल नेपाली बजारमा सफल हुन भने सकेका छैनन् ।

नेपाली सडक सुहाउँदो र सस्तो मूल्यका कारण चर्चा कमाएका यी मोटरसाइकल बिक्रीमा भने कमजोर रहेका छन्, भनौं असफल साबित भएको छन् ।

रनर हकमा उपलब्ध फोर स्ट्रोक पेट्रोल इन्जिनले ७५०० आरपीएममा १४.२ बीएच पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क उत्पादन गर्छ । रनर हकको लम्बाई २ हजार ९० एमएम, चौडाई ८ सय ८० एमएम र उचाई १ हजार १८० एमएम रहेको छ । यसमा १ हजार ३६० एमएमको ह्वीलवेश दिइएको छ ।

उच्च ग्राउण्ड क्लियरेन्स भएको हक मोटरसाइकलमा पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने विशेषता रहेको छ । यो वाइकको फ्रन्टमा गोल्डन करल यूएसडी फर्क तथा रियरमा मोनोसक रहेको छ ।

१३२ किलोग्रामको यो मोटरसाइकलको फ्रन्ट तथा रियर दुबैमा डिस्क ब्रेक लगाइएको छ । ३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकलले बजार भने पाउन सकेको छैन ।

यूएम डिएसआर २००

अमेरिकी मोटरसाइकल कम्पनी यूएम ब्राण्डका मोटरसाइकल नेपाली बजारमा बिक्री भैरहेको छ । यूएम डीएसआर २००, २३० र २५० गरि तीन मोडलमा नेपाली बजारमा उपलब्ध रहेको छ । ग्राहकलाई यति धेरै अप्सन र कम मूल्यका बाबजुद नेपाली बजारमा यी वाइक सफल हुन सकेका छैनन् ।

बजारमा निकै चर्चामा रहेतापनि यूएम असफल ब्राण्ड भएको छ । यूएम डीएसआर २०० मा १९६ सीसी इन्जिन रहेको छ । यो इन्जिनले १४ पीएस पावर तथा १५ एनएम टर्क जेनेरेट गर्छ ।

फ्रन्टमा टेलिस्कोप हाइड्रोलिक फर्क र रियरमा हाइड्रोलिक मनोशक रहेको यो मोटसाइकलले २० किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्छ । नेपाली बजारमा ४ लाख मूल्य रहेको यो मोटरसाइकल समेत असफल भएको छ ।

एसडब्ल्यूएम ३०० आर

इटालियन एसडब्ल्यूएम ब्राण्डको मोटरसाइकल नेपाली बजारमा असफल भएको छ । गत बर्ष नाडा अटो शेमा सार्वजनिक भएको यो ब्राण्ड महंगो मूल्यका कारण चर्चामा रहेको थियो ।

नेपालमा अर्थमुभरले बिक्री वितरण गर्दै आएको इटालियन ब्रान्डको एसआर ३०० आर मोटरसाइकल असफल भएको छ । यो मोटरसाइकलमा २९७.६ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डिओएचसी ४ भल्भ, ४ स्टोक इन्जिन रहेको डर्ट मोटसाइकल निकै पावरफुल र स्टाइलिस वाइकको रुपमा परिचित छ ।

यसको ग्राउन्ड क्लियरेन्स ३०० एमएम रहेको छ । ७.२ लिटरको इन्धन ट्याङक लगाइएको यो वाइकको तौल १०७ केजी रहेको छ भने मूल्य १६ लाख रुपैयाँ तोकिएको छ ।  यी विभिन्न विशेषताका वावजुत समेत यो मोटरसाइकल असफल मोटरसाइकलको लिस्टमा परेको छ ।


Back_to_top