टुटल र पठाओका चालकलाई धमाधम कारबाही

काठमाडौं । रातो नम्बर प्लेटका निजी दुइपाँग्रे सवारीसाधनले भाडामा यात्रु बोक्न नपाइने भन्दै ट्राफिक प्रहरीले टुटल र पठाओका चालकलाई कारबाही गर्न सुरु गरेको छ । मोबाइल एपमापर्mत उपत्यका भित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधनलाई कारबाही गर्न थालिएको प्रहरीले जनाएको हो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले नियम विपरित मोटरसाइकल र स्कुटरले यात्रु बोकेका कारण कारबाही सुरु गरिएको जानकारी दिए । 

‘नियम उलङ्घनगरि यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिएको हो । निजी नम्बर प्लेटधारी सवारीले भाडामा यात्रु बोक्नु त भएन नी’ ढकालले भने ।

गत मंसिर ४ गते सूचनाजारी गरि यातायात व्यवस्था विभागले कुनै एक प्रयोजनका लागि दर्ता भएका सवारीले भाडा लिई यात्रु ओसार पसार गर्न नपाउने जनाएको थियो । 

विभागले यसरि संचालनमा आएका सवारी साधनलाई कानुन बमोजिम कारबाही गर्न निर्देशन समेत दिएको थियो । 

ट्राफिक महाशाखाले भने, यातायात व्यवस्था ऐनअनुसार निजी सवारीले यात्रु ओसार्न नपाइने हुँदा कारबाही गरिएको जानकारी गराएको छ ।


Back_to_top