हुन्डाईको केही समयपछि बजारमा आउन लागेको अउराको स्केच बाहिर आएको छ । कम्पनीले आफ्नो आधिकारीक शोसल मिडिया साइटबाट अउराको स्केच बाहिर ल्याएको हो ।
निकै स्पोर्टी र आकर्षक देखिएको यो कम्प्याक्ट सेडान कारलाई कम्पनीले आफ्नो पछिल्लो डिजाइन ल्याङ्गवेजमा निर्माण गरिरहेको छ । आरामदायी, सुरक्षीत, स्टाइलिस र प्रविधिले भरिपूर्ण हुने यो कार ग्राहकले निकै मन पराउने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले अर्को महिना बजारमा उतार्ने तयारी गरिरहेको कम्प्याक्ट सेडान कार अउरामा १.० टर्बो इन्जिन दिने जानकारी यसअघि नै दिइसकेको छ । पेट्रोल र डिजेल दुबै अप्सनमा उपलब्ध गराउने अउरामा १.० टर्बो जिडिआई कपा डियुल भीटीभीटी पेट्रोलको अलावा १.२ कपा डियुल भीटीभीटी पेट्रोल र १.२ यू२ सिआरडीआई डिजेल इन्जिन दिने जनाएको छ ।
यसमा दिइएको सबै इन्जिनले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको भएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । १.२ लिटर पेट्रोल इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक, १.० लिटर पेट्रोलमा म्यानुयल र १.२ लिटर डिजेलमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने उल्लेख छ ।

