काठमाडौं । बैद्यज अर्गनाइजेसन अफ इन्डष्ट्रिज एन्ड ट्रेडिङ हाउसले हेभी इक्विपमेन्ट व्यवसायमा औपचारिक रुपमा प्रवेश गरेको छ । भोइथ अन्तर्गतको कम्पनी युनाइटेड हेभी इक्विपमेन्ट्स एण्ड अर्थमुभर्स (युहिम)ले विश्वविख्यात निर्माण कम्पनीहरु सनवार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु नेपाली बजारमा ल्याएको हो ।
सन् २०१८ देखि नै निर्माण क्षेत्रमा प्रयोग हुने आधुनिक मसिनरीहरु भित्र्याई रहेको युहिमले हाल यसलाई औपचारिकता प्रदान गरेको हो ।
कम्पनीले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग भएको छ ।
नेपाली समुदायको मानसपटलमा चाइनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रियस्तरका उपकरणहरुको उत्पादन गर्दै ग्राहकको विश्वास जित्न तत्पर रहिआएको छ।
क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्र प्रतिस्पर्धी कम्पनी रहेको युहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन।
ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ।
कम्पनीको धुम्वाराहीस्थित हेडक्वार्टरमा खरिदपछिको सर्भिस, पार्ट्सहरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ।
नेपाली बजारमा यी ब्रान्डले समेत विश्वसनियता प्रदान गर्ने र बिक्री पछिको सेवामा कुनै कमी हुन नदिने भोइथका अध्यक्ष सुरज बैद्यले प्रतिबद्धता जनाएका छन् ।

