सामाजिक सञ्जालमा आफुलाई चर्चित बनाउने चक्करमा मानिसहरुले यस्ता गल्ति गरिरहेका हुन्छन् कि कुन काम कानुनले बर्जित गरेको छ त्यो समेत भुल्ने गर्छन् ।
भारतको केरलमा बस चालकहरुले खतरनाक स्टन्ट गरेर टिक–टकमा भिडियो अपलोड गरेको भन्दै केरल मोटर भेहिकल डिपार्टमेन्टले उनिहरुको लाईसेन्स खारेज गरेको जनाएको छ ।
विभिन्न छुट्टाछुट्टै घटनामा सार्वजनिक सवारी संचालनमा छेडछाड गरेर यातायात नियम मिचेको भन्दै उनिहरुको लाईसेन्स खारेज गरिएको न्यूज १८ ले उल्लेख गरेको छ ।
टिक–टकमा भिडियो आउसँगै ड्राइभरको पहिचान गरि कारवाही गरिएको केरल मोटर भेहिकल डिपार्टमेन्टले जनाएको छ । यद्यपी यसरी खतरनाक स्टन्ट गरिएको बसमा अन्य यात्रु भने थिएनन् ।
टिक–टकपछि उक्त भिडियो फेसबुकमा राखिएको थियो । फेसबुकमा राखेसँग उक्त भिडियो निकै भाइरल भएको थियो ।

