केटीएमको ३९० एडभेन्चर भारतमा सार्वजनिक, यस्तो छ नेपाल ल्याउने तयारी

काठमाडौं । केटीएमको बहुप्रतिक्षित एडभेन्चर मोटरसाइकल केटीएम ३९० भारतमा बिक्री सुरु भएको छ । २ लाख ९९ हजार भारतीय रुपैयाँमा मूल्य कायम गरेर बिक्री सुरु भएको यो मोटरसाइकलको सिधा प्रतिस्पर्धा बीएमडब्ल्यू जी ३१० जीएस र रोयल इन्फिल्ड हिमालयनसँग हुनेछ ।

कम्पनीले २०१९ डिसेम्बरमा भारतको गोवामा भएको बाइक वीकमा यसको मूल्य बाहेक सम्पुर्ण जानकारी दिएको थियो ।

नेपाली बजारमा मार्चमा यसलाई बिक्री सुरु गर्ने तयारी भइरहेको हंशराज हुलास चन्द एण्ड कम्पनी स्रोतले जानकारी दिएको छ ।

यस्तो छ बाइक

केटीएम ड्यूक ३९० मा आधारित यो मोटरसाइकलमा ३७३.२ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ४४ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ भने यसमा १४.५ लिटरको फ्यूल ट्याङ्क रहेको छ ।

कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको ३९० एडभेन्चर ग्लोवल मार्केटको भन्दा केही फरक रहेको छ । ग्लोवल मार्केट र भारतीय बजारमा सार्वजनिक भएको ३९० एडभेन्चरमा ह्वील र सस्पेन्सनमा केहि भिन्नता रहेको छ ।

यो मोटरसाइकलमा ट्र्याक्सन कन्ट्रोल, ४३ एमएम नन् एड्जष्टएबल यूएसडी फर्क, स्मार्ट कनेक्ट नेभिगेसन सिस्टम, डबल च्यानल एबीएस जस्ता बिशेषता रहेको छ ।


Back_to_top