महिन्द्राको भीएक्स-९० ब्याकहो लोडर नेपालमा

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा हेवी इकुप्मेन्टकाे आधिकारीक वितरक दुगड ब्रदर्स एण्ड सन्सले कम्पनीले निर्माण सामग्री प्रर्दशनी ‘नेपाल ब्युल्डटेक २०२०’ को प्रदर्शनी स्थलमा भीएक्स ९० ब्याकहो लोडर लञ्च गरेको छ । कम्पनीले निर्माण सामग्री प्रर्दशनीको तोश्रो दिन उक्त लोडर लञ्च गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरेको हो ।

एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगड, महिन्द्रा ट्रक्स एण्ड बस नेपालका लागि सेल्स मेनेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड़ महिन्द्रा निर्माण सामाग्रीका हेड अफअपरेसन तारा थापाले संयुक्त रुपमा उक्त लोडरको लञ्चिङ गरेका हुन् । त्यसै कार्यक्रममा ५ जना नयाँ ग्राहकलाई ब्याकहो लोडर भीएक्स ९०० को साचाे हस्तान्तरण गरिएकाे थियाे ।

नेपालको बाटो र माटोलाई सुहाउदो यी विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदि कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रविधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमताका विशेषता रहेको कम्पनीले जनाएकाे छ ।

अत्याधुनिक प्रविधि उच्च फिनीसीङ्ग क्षमताको साथमा साना, मझौला तथा फराकिला बाटोमा समय सापेक्ष प्रयोग गर्न सकिने भएकोले कम लागतमा आधुनिक मापदण्डको स्तरमा बाटोहरु निर्माण गरी देशको निर्माण जगतमा क्रान्ति ल्याउने कम्पनीको विश्वास छ । यसैगरी, भीएस ९० ब्याकहो लोडरले कम लगानीमा बजारमा रहेका अन्य मेसिनभन्दा भन्दा कम ईन्धन खपत गर्ने कम्पनीले दावी गरेकाे छ ।

प्रदर्शनीमा महिन्द्राले मोटर ग्रेडर जी ९००, ब्याकहो लोडर भीएक्स ९०० र ब्लाजो २५ ट्रिपर प्रर्दशनीमा राखिएको थियाे ।


Back_to_top