४ लाख ३५ हजारमा आयो नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी स्कुटर

काठमाडौं । नेपाली बजारमा इटालियन स्कुटर ब्राण्ड भेस्पाको १५० सीसी क्षमताको नयाँ स्कुटर सार्वजनिक भएको छ ।

नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी बिक्री सुरू गरेको हो ।

कम्पनीले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीको सुरुआती मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकेको छ ।

नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक विरासत, मौलिक इटालियन डिजाइन र थप शक्तिशाली राइडिङ अनुभवलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

‘एन इटालियन मास्टरपिस’ अर्थात् इटालियन कलाको उत्कृष्ट नमूनाका रूपमा परिचित भेस्पाले आफ्नो विशिष्ट डिजाइन, आकर्षक बनावट र छुट्टै पहिचानमार्फत विश्वभरका राइडरमाझ विशेष स्थान बनाएको छ ।

नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले आफ्नो ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै नेपाली बजारमा १५० सिसी क्षमतामा थप शक्तिशाली विकल्प उपलब्ध गराएको छ ।

भेस्पाको मौलिक इटालियन शैली, आकर्षक डिजाइन र विशिष्ट पहिचानलाई कायम राख्दै ल्याइएको नयाँ मोडलले स्टाइलसँगै दैनिक यात्रामा थप पावर खोज्ने राइडरको अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीको सार्वजनिकरण कम्पनी र नेपालका भेस्पा ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उनले नयाँ भेस्पा १५० मा इटालियन डिजाइनका साथै आधुनिक प्रविधि र उत्कृष्टि पर्फर्मेन्स पनि हुने बताए । साथै, नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको यो स्कुटरले नेपाली ग्राहकलाई स्टाइलका साथै आराम र पावरको पनि उत्कृष्ट अनुभव प्रदान गर्ने उनको विश्वास छ।

‘भेस्पाको समृद्ध ऐतिहासिक विरासत र विशिष्ट पहिचानले पुस्तौँदेखि राइडरहरूलाई आकर्षित गर्दै आएको छ । नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीमार्फत हामी नेपाली ग्राहकलाई भेस्पाको कालजयी स्टाइल र मौलिक पहिचानमा कुनै सम्झौता नगरी थप शक्तिशाली विकल्प उपलब्ध गराउन पाउँदा खुसी छौँ । देशभर विस्तार हुँदै गएको हाम्रो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ,’ उनले भने ।

नेपालमा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत भेस्पाको उपस्थिति विस्तार गर्दै आएको डेल्टा अटोकर्पले नयाँ मोडलसँगै ग्राहकका लागि उपलब्ध विकल्पलाई थप फराकिलो बनाएको छ ।


Back_to_top