काठमाडौं । हुन्डाईको इलेक्ट्रीक क्रसओभर एसयूभी कोनाले गिनिज वर्ल्ड रेकर्ड बनाएको छ । कोना इलेक्ट्रीकले टिबेटको साउला पाससम्म पुगेर नयाँ रेकर्ड बनाएको हो ।
साउला पास ५,७३१ मिटरको उचाईमा रहेको छ । यसअघि इलेक्ट्रीक कारले ५,७१५.२८ मिटर उचाईमा पुगेर रकर्ड बनाएको थियो । उक्त रेकर्डलाई कोनाले तोडेको हो ।
इलेक्ट्रीक कारले अकालो चढ्न सक्दैन भन्ने भ्रमलाई कोनाले तोडेको कम्पनीले जनाएको छ । इमिशन इम्पोसिबल मिशन अन्तर्गत कोना इलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्पmर्मेन्स गरेर आफ्नो क्षमतालाई प्रमाणित गरेको हो ।
गिनिज वल्र्ड रेकर्डका एड्जुडिकेटर ऋषी नाथले सर्वाधिक उचाईमा कोना इलेक्ट्रीक पुगेसँगै बधाई दिएका थिए । यो उपलब्धीसँगै हुन्डाईले इतिहासमै किर्तिमान बनाएको हो ।
यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो । कोना इलेक्ट्रीकमा रहेको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोमा गाडी स्टेबल रहने कुरा पुष्टि गरेको कम्पनीको दाबी छ ।
यस अभियानको दौरान कोना इलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । नेपाली बजारमा पनि हुन्डाई कोनाको बिक्री वितरण भइरहेको छ ।


