होन्डा रिवेल ५०० बब्बर सुप्रिम एडिशन थाइल्यान्डमा सार्वजनिक भएको छ । कम्पनीले ५०० सीसी क्रुजर मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक गरेको हो ।
होन्डाले २०२० बाट अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्य राखेर निमार्ण गरेको रिबेल ५०० र रिबेल ३०० मोटरसाइकल इक्मा मोटरसाइकल शोमा प्रदर्शन गरेको थियो । कम्पनीले सुप्रिम अडिशनमा पुरानो रिबेल ५००को इन्जिन तथा धेरै फिचर प्रयोग गरेको छ ।
रिबेल ५०० बब्बर सुप्रिम मोटरसाइकलमा क्लासीक डिजाइन एलइडी हेडल्याम्प दिइएको छ भने रेक्टेङ्गुलर एलइडी टेल ल्याम्प र रेट्रो लुक्स राउन्ड एलइडी टर्न इन्डिकेटरले मोटरसाइकललाई आकर्षक बनाएको छ ।
स्पीलट र्याकेड फियुल ट्याङ्क, डिजिटल इन्ट्रुमेन्ट पड (गियरको अवस्था र इन्धन खपत सम्बन्धी जानकारी दिने) र अत्यन्तै यूनिक साइलेन्सर पाइप यसमा जडान गरिएको छ ।
यसमा टेलिस्कोपिक फर्क र पछाडि ट्वीन रियर शक प्रयोग गरिएको छ ।
रिबेल ५०० सुप्रिम मा ४७१ सीसी लिक्वीड कुल्ड प्यारलल ट्वीन इन्जिन दिइएको छ जसले ४५.५ बीएच पावर र ४३.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ ।


