काठमाडौं । नेपालमा सर्वाधिक सफल मध्येको एक कार हो हुन्डाई ग्राण्ड आई–१० । नेपाली सडकमा ५ हजारभन्दा बढी यूनिट हुन्डाई ग्राण्ड आई १० गुडी रहेका छन् ।
हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सन् २०१३ मा नेपाली बजारमा पहिलो पल्ट ल्याएको ग्राण्ड आई १० अहिलेपनि ग्राहकको रोजाईमा पर्दै आएको छ ।
सन् २०१७ मा कम्पनीले ग्राण्ड आई १० को फेसलिफ्ट मोडल बजारमा ल्याएको थियो । त्यसपछि पनि यसको बिक्रीमा बढोत्तरी हुँदै आएको छ ।
साइज, सुरक्षा, डिजाइन, आरामदायी र फिचर प्याक भएकै कारण यसलाई ग्राहकले निकै मनपराएको बिक्रेता कम्पनीको भनाई छ ।
बजारमा यो गाडीको बिक्री धेरै हुनुको पछाडि अर्को मुख्य कारण रिसेल मूल्यपनि हो । रिसेल मूल्य ग्राहकले राम्रो पाउने र भनेकै समयमा बिक्री समेत गर्न सकिने भएकाले ग्राण्ड आई १० धेरैको रोजाइमा पर्ने गरेको हो ।
अफर
कोभिड १९ को कारण लामो लकडाउन खुकुलो भएसँगै हुन्डाईले ग्राहकललाई विभिन्न स्कीम दिएको छ । कम्पनीको स्कीममा ग्राहकले ग्राण्ड आई १० किन्ने हो भने १ लाख २० हजार नगद छुट दिने छ ।
यसका अलावा कम्पनीले दिने बैंकबाट ग्राहकले १०.२२ र १०.३३ प्रतिशत व्याजदरमा ८ वर्षको लागि कर्जा प्राप्त गर्न सक्ने छन् । त्यसमा पनि कम्पनीले मासिक किस्ताको ५० प्रतिशत एक वर्षसम्म व्योहोर्ने जनाएको छ ।
कम्पनीले ल्याएको स्कीममा ग्राण्ड आई १० किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने छ भने बाँकी रकम कर्जा लिन पाउने छन् । त्यसरी कर्जा लिँदा मासिक किस्ता २१ हजार ७६६ रुपैयाँ पर्छ । कम्पनीले पहिलो एक वर्ष ५० प्रतिशत तिरिदिने भएकोले ग्राहकले पहिलो वर्ष १० हजार ८८३ रुपैयाँ मात्रै तिर्नु पर्ने हुन्छ ।
अन्य बैंकबाट वित्तीय संस्थाबाट पनि कर्जा लिन पाइने
कम्पनीले ल्याएको स्कीममा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरपनि ग्राण्ड आई १० किन्न सक्ने छन् । यसरी किन्ने ग्राहकलाई कम्पनीले थप नगद छुटको व्यवस्था गरेको छ । यद्यपी, कति नगद छुट थप पाइन्छ भन्ने कम्पनीले उल्लेख गरेको छैन ।
गाडी कम्पनीहरुले अफर ल्याउन सुरु गरेसँगै बैंक तथा वित्तीय संस्थाले पनि अटो लोनका नयाँ अफर ल्याइरहेका छन् । उनिहरुले ८ प्रतिशत व्याजदरमा नै कर्जा ल्याउन थालेका हुन् । यस्तोमा ग्राहकले थप सस्तो दरमा कर्जा पाउने अवस्था सृजना भएको छ ।
यस्तो छ मूल्य
अहिले नेपाली बजारमा ग्राण्ड आई १० को दुई भेरियन्ट मात्रै बिक्री वितरण हुँदै आएको छ । दुबै भेरियन्टमा सममान ११९७ सीसी फोर सिलिण्डर इन्जिनको प्रयोग भएको छ ।
बीएस ४ इन्जिन भएको मग्ना भेरियन्टको मूल्य २९ लाख ५६ हजार र बीएस ६ इन्जिनको मूल्य ३० लाख ५६ हजार रहेको छ । त्यसैगरि स्पोर्टज भेरियन्टमा पनि बीएस ४ को मूल्य ३१ लाख ९६ हजार र बीएस ६ इन्जिनको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

