यी ५ कारण हिरो एक्स्ट्रीम १६० आरले लोभ्याउँछ

काठमाडौं । हिरो मोटो कर्पले ल्याएको एक्स्ट्रीम १६० आर अहिले चर्चाको शिखरमा रहेको छ । कम्पनीले मार्चको अन्तिममा बजारमा ल्याउने तयारी गरेको यो मोटरसाइकल कोभिडको कारण जुन १ मा बजारमा ल्याएको हो ।

हिरो मोटोकर्पको नेपालको लागि आधिकारीक वितरक एनजीएमले यसलाई केही महिना भित्रै नेपाल ल्याउने जनाएको छ । तर, नेपालमा यसको बिक्री सुरु हुनुअघि यसको विभिन्न चरणमा सडक परिक्षण भने हुने छ । यस्तोमा नेपाली बजारमा हिरो एक्स्ट्रीम १६० आरले राम्रो बजार पाउने अनुमान गर्न सकिन्छ ।

स्पीड र इन्जिन

हिरो मोटरसाइकलले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वाधिक छिटो कुद्ने मोटरसाइकल भएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।

नयाँ ह्वील

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

एक्स्ट्रीम २०० आरभन्दा उत्कृष्ट फिचर

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।

कम्पनीले एक्स्ट्रीम २०० मा टेललाईट मात्र एलइडी प्रयोग गरेको थियो भने सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरेको छ ।

कन्सेप्ट जस्तै प्रडक्सन मोडल

हिरोले यसको कन्सेप्ट इआईसीएमए मोटरसाइकल शो २०१९ मा सार्वजनिक गरेको थियो । उक्त समय कम्पनीले यसको कन्सेप्टलाई ‘१.आर’ नामबाट प्रदर्शनी गरिएको थियो । अहिले बिक्रीको लागि आएको मोटरसाइकल पनि उस्तै रहेको छ ।

नेपालमा कहिले

हिरोले ल्याएको नयाँ मोटरसाइकलको भारतीय बजारमा मूल्य ९९ हजार ९५० देखि १ लाख ३ हजार भारुसम्म कायम भएको छ । यो भनेको भारतीय बजारमा टीभीएस १६० फोर भी, सुजुकी जिक्सर र यामाहा एफजेड भि थ्री भन्दा कम हो ।

त्यसैले यसको मूल्यपनि यी मोटरसाइकल सरहनै हुने हो भने नेपाली बजारमा यसले निकै राम्रो पर्फमेन्स गर्न सक्ने छ ।


Back_to_top