काठमाडौं । मोटरसाइकलको ठक्करबाट एजनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । सर्लाहीमा भएको उक्त दुर्घटनामा ना. ५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका ५ जनालाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल ठक्करले १४ बर्षीय जुगल मुखियाको घटना स्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । सोही ठाउँका ३५ बर्षीय सुरेन्द्र महतोको टाउकोमा चोट लागेको छ ।
यस्तै, ३५ बर्षीय शम्भु मुखिया, २२ बर्षीय श्रवण मुखिया र ३२ बर्षीय देबेन्द्र पासवान घाइते भएका छन् । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

