काठमाडौं । चेरी र ज्यागुआर ल्याण्ड रोभरले संयुक्त रूपमा निर्माण गरेको पहिलो एसयूभी ‘फ्रिल्याण्डर ८’को दुई सातापछि प्रि-सेल सुरू हुने भएको छ ।
कम्पनीले सामाजिक संजाल वेइबोमा दिएका जानकारी अनुसार फ्रिल्याण्डर ८ को प्रि-सेल आधिकारिक रूपमा अगस्ट १० मा चीनमा सुरू हुने भएको हो ।
ब्राण्डका विश्वव्यापी सीईओ वेन फेईले फ्रिल्याण्डर ८ जुलाई ३० मा जियाङ्सु प्रान्तको चाङ्शुमा रहेको चेरी जेएलआरको प्लाण्टमा रोलआउट हुने जानकारी दिएका हुन् ।
वेनले फ्रिल्याण्डरलाई चिनियाँ र विदेशी अटोमेकरहरू बीचको संयुक्त उद्यमको ‘३.० युग’को उत्पादनको रूपमा वर्णन गरेका छन् । उनले यो एसयूभी अन्तर्राष्ट्रिय सम्पदा, चिनियाँ प्रविधि र विश्वव्यापी प्रणालीहरू नयाँ प्रतिस्पर्धात्मकता सिर्जना गर्न एकसाथ मिलिरहेको बताए ।
कम्पनीले गतासाता फ्रिल्याण्डरको इन्टेरियर विवरण सार्वजनिक गरेसँगै यसले अटो बजारमा नयाँ हलचल पैदा गरिरहेको छ । फ्रिल्याण्डरको क्याबिन दुईवटा मुख्य सिटको लेआउट छ, । जसमा चालकका लागि ‘कमाण्डर’ सिट र अगाडिको यात्रुका लागि फस्र्ट क्लास सुविधासहितको ‘एलएडीवाई’ सिट राखिएको छ ।चालकको सिटलाई सडकको स्पष्ट र उच्च दृश्य देखिने गरी डिजाइन गरिएको छ । जसले नियन्त्रण र सुरक्षा दुवैको महसुस गराउँछ ।
अगाडिको यात्रुका लागि विशेष अरामदायी सिट दिइएको छ । जहाँ १,२०० एमएमको लेगरुम उपलब्ध छ । उक्त सिटमा ६ फिट ३ इन्चसम्म उचाइ भएका यात्रुहरूले पनि हवाईजहाजको फस्र्ट क्लास क्याबिनमा जस्तै आरामसँग खुट्टा तन्काएर यात्रा गर्न सक्छन् । यस क्षेत्रमा छुट्टै स्टोरेज, विशेष बेलायती सुगन्ध (फ्रेग्रेन्स) र हावा प्रवाह मिलाउने क्लाइमेट कन्ट्रोल जडान गरिएको छ।
फ्रिल्याण्डर ८ भित्रका भौतिक बटनहरूमा विश्वप्रसिद्ध स्विस घडीहरूमा प्रयोग गरिने ‘क्लु डे पेरिस’ बुट्टा कुँदिएको छ । गाडीको भित्री भागमा ‘अप्टिकल ग्रेड डुअल फ्लोटिङ क्रिस्टल’ नबहरू पनि छन् । जुन १४४ वटा कोणमा काटिएको के ९ अप्टिकल क्रिस्टलबाट बनेका छन् । यसमा २५६ रङको डुअल रिङ एम्बियन्ट लाइटिङ जडान गरिएको छ।
यसको ड्यासबोर्ड ‘टी आकारको ब्रिज’ लेआउटमा आधारित छ । जसमा कुराकानी र फंसन संचालनलाई सजिलो बनाउन ४६.३ इन्चको ८ के प्यानोरामिक रिमोट डिस्प्ले र १५.६ इन्चको एलईडी सेन्ट्रल कन्ट्रोल स्क्रीनलाई सँगै जोडिएको छ।
फ्रिल्याण्डर ८ का सबै मोडलहरूमा हुवावेको छियानकुन एडीएस ५.० इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम छ । यसमा सबैभन्दा पछिल्लो पुस्ताको ‘क्वालकम स्न्यापड्रैगन ८३९७’ अटोमोटिभ ग्रेड चिप प्रयोग गरिएको छ । यो नयाँ चीपले सीपीयूको प्रदर्शन तीन गुणा सुधार गर्ने, जीपीयूको प्रदर्शन पनि तीन गुणा र एआई कम्प्यूटिङ क्षमता १२ गुणाले बढाएको दाबी कम्पनीले गरेको छ ।यो चिप प्रयोग गर्ने फ्रिल्याण्डर विश्वकै पहिलो गाडी समेत हो ।
८०० भोल्टको हाइ भोल्टेज प्लेटफर्ममा बनेको यो एसयूभीमा सीएटीएलसँगको साझेदारीमा विकास गरिएको विशेष अल टेरेन फ्रीभोय रेन्ज एक्सटेण्डर हाइब्रिड ब्याट्री प्रयोग गरिएको छ । साथै, हुवावेले विकास गरेको आइ एटीएस इन्टेलिजेन्ट अल टेरेन सिस्टम पनि रहेको छ ।
फ्रील्याण्डर ८ को लम्बाइ ५,११८ एमएम ९अप्सन ५१८५ एमइम०, चौडाइ २,०५० एमएम, उचाइ १,८९८ एमएम र ह्वीलबेस ३,०४० एमएम छ । ६ सिट क्षमतामा आउने एसयूभी विभिन्न तीन भेरियन्टमा उपलब्ध हुनेछ ।
विश्व अटो बजारमा तरंग ल्याइरहेको फ्रिल्याण्डर तेस्रो त्रैमास भित्रै लन्च हुने अपेक्षा गरिएको छ ।


