१५ लाख युनिट बिक्यो हुन्डाई आइ २०

काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईको चर्चित ह्याचब्याक आइ २० भारतीय बजारमा १५ लाख युनिट बिक्री पूरा भएको छ ।

हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो प्रिमियम ह्याचब्याक आइ २० ले १५ लाख बिक्रीको तथ्यांक पार गरेको घोषणा गरेको हो ।

हुन्डाई आइ २० भारतमा सन् २००८ मा प्रवेश गरेको थियो । हाल यो आफ्नो तेस्रो पुस्तामा उपलब्ध छ ।

हुन्डाई मोटर इन्डिया लिमिटेडका नेशनल सेल्स हेड सुनील मूलचन्दानीले हुन्डाई आइ २० हुन्डाईले लगातार नवप्रवर्तन, आकांक्षीपन र प्रिमियमताको प्रतिनिधित्व गर्दै आएको बताए ।

‘हुन्डाई आइ २० हुन्डाई मोटर इन्डियाको पोर्टफोलियोमा सबैभन्दा प्रतिष्ठित उत्पादनहरू मध्ये एक हो । यसले लगातार नवप्रवर्तन, आकांक्षीपन र प्रिमियमताको प्रतिनिधित्व गर्दै आएको छ,’ उनले भने, ‘१५ लाख कुल बिक्रीको कोशेढुङ्गा पार गर्नु भनेको ग्राहकहरूले झण्डै दुई दशकदेखि यस ब्रान्डप्रति देखाउनुभएको अपार विश्वास र निष्ठाको प्रमाण हो।’

हालको पुस्ताको हुन्डाई आइ २० रेन्जमा अझ स्पोर्टी शैलीको संस्करण आइ २० एन लाइन पनि उपलब्ध छ । यसका साथै, कम्पनीले आइ २० नाइटका साथै अन्य विशेष संस्करणहरू पनि बिक्री गरिरहेको छ।

हालको मोडलमा १.२ लिटर काप्पा न्याचुरली एस्पिरेटेड पेट्रोल इन्जिन रहेको छ । जसमा ५ स्पीड म्यानुअल र आइभीटी अटोमेटिक ट्रासमिसन छ ।

उच्च पर्फमेन्स भएको आइ २० एनलाइनमा १.० लिटर टर्बो जीडीआर पेट्रोल इन्जिन दिइएको छ । यो ६ स्पीड म्यानुअल र ७ स्पीड डुअल क्लच अटोमेटिक गियरबक्स दुवैमा उपलब्ध छ।

यसमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट युनिट, इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, ६ वटा एयरब्याग, ६० वटा कनेक्टेड कार फिचर, इर्एससी, हिल स्टार्ट असिस्ट, बोसको ७ स्पीकर अडियो, ड्यासक्याम जस्ता फिचर छन् ।

नयाँ पुस्ताको हुन्डाई आइ २० सार्वजनिक

हुन्डाईले अमेरिकामा सम्पन्न भर्खरैको फिफा विश्वकपमा नयाँ पुस्ताको आइ २० ह्याचब्याक सार्वजनिक गरेको थियो । यो ह्याचब्याक ब्राजिलमा सार्वजनिक भइसकेको छ।

नयाँ आइ २० उल्लेख्य नयाँ डिजाइन, नयाँ क्याबिनसँगै आधुनिक फिचरको लामो लिस्टसहित आएको छ । नयाँ पुस्ताको आइ २० ह्याचब्याक सन् २०२७ मा भारतीय बजारमा आउने छ ।

आइ २० नेपालमा विगतमा सर्वाधिक रुचाइएको ह्याचब्याक हो । पछिल्लो समय ईभीको वर्चश्व बढ्दै जाँदा भने छाँयामा परेको छ ।


Back_to_top