रोडिज सिजन-३ को बिजेता बने सुजन, एफजेडएस भी-३ सँगै १० लाख नगद पुरस्कार

काठमाडौं । यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३-ब्लड, स्वेट र टियर्सको बिजेता पोखराका सुजन सुवेदी बनेका छन् । लाहुरेको ग्याङ्ग ग्रीन अन्तर्रगत रहेको उनले यामाहा एफजेड भी ३ सँगै नगद १० लाख रुपैयाँ धन राशि जितेका छन् ।

नेपालमा पहिलो पटक सन् २०१६ मा प्रसारण गरिएकोे शो युवा पुस्तामा आधारित रियालिटी शो ले तेस्रो शृँखलासम्म आइपुग्दा आफ्नो ढाँचामा धेरै परिवर्तन ल्याएको छ । इण्डियाको फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपालका युवाहरुले अत्यन्त रुचाएको र प्रतिक्षा गर्ने टिभि शो बन्न सफल भएको छ ।

भोटको आधारमा, आन्तरिक र बाह्य, निष्कासन, खेल परिवर्तन गर्ने ट्वीस्ट, सहभागीहरुबीचमा एड्रेनालाइन, दुस्साहस, चिच्याहट आदिका साथ यो सिजन खेलाडी व्यक्तित्व, बचावट र बहादुरीको एक अन्तिम दुस्साहस बनेको दाबी गरिएको छ ।

सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिजको मोटरसाइकलहरु सवार गरेर हासिल गरिएको थियो । यही प्रक्रियालाई सिजन ३ मा पनि निरन्तरता दिइएको छ । यसपटक पनि सम्पूर्ण कार्यहरुभरी एफ जेड सिरिजका बाइकहरुले नै रोडिजहरुलाई उनीहरुले पार गरिरहेका रोमाञ्चक कार्यहरुमा साथ दिइरहेको थियो ।

देशको विभिन्न स्थानबाट सहभागीहरुले अडिसनमा भाग लिने अवसर पाए, यसमा यामाहाले देशको विभिन्न क्षेत्रहरुमा रहेको आफ्ना शोरुमहरुमार्फत् पनि अर्को रोडि चयन गर्नका लागि अग्रसरता देखाएको थियो । प्रतिस्पर्धा सहभागीहरु बिच मात्र नभई ग्याङ्ग लिडरहरु जो आफ्नो ग्याङ्गका सदस्यहरुसँगै कार्य गर्न प्रतिबद्ध थिए उनीहरु बिचमा पनि देखिएको थियो । यामाहा एफ जेड प्रस्तुत हिमालय रोडिज सिजन ३ तसर्थ नेपालमा अत्यन्त व्यग्रताका साथ प्रतिक्षा गरिएको, अत्यधिक सहभागीता रहेको र अत्यन्त प्रचारित शो बनेको छ ।


Back_to_top