काठमाडौं । हुन्डाई मोटर्सको ब्राजिलमा रहेको एक शोरुममा काम गर्ने एउटा कुकुरले उत्कृष्ट कर्मचारीको अवार्ड जित्न सफल भएको छ । उत्कृष्ट कर्मचारीको अवार्ड जित्न सफल कुकुरको नाम टुसान प्राइम हो ।
कुनै समय सडकमा त्यतिकै हिड्यो यो कुकुरलाई हुन्डाई शोरुमले पाल्न थालेको थियो । हुन्डाई शोरुमको वरपर नै हिडिरहने टुसान प्राइमलाई शोरुममा काम गर्ने कर्मचारीहरुसँग घुलमिल हुन धेरै समय नलागेको शोरुम संचालकले बताएका छन् ।
डिउटीमा रहँदा उसले आइडी कार्ड लगाएर बस्ने गरेको छ । सुरुमा उसलाई चौकिदारको काम दिइएको थियो । उसको उत्कृष्ट कामको कारण अब उसलाई सेल्स डिपार्टमा नयाँ जिम्मेवारी दिइएको छ ।

कम्पनीको इन्स्ट्राग्राममा प्राइमको तस्विर राख्दै लेखिएको छ ‘यो नयाँ सदस्य लगभग एक साल पुरानो हो । हुन्डाई परिवारमा आएपछि यसले सबै सहकर्मी र ग्राहकको मन जित्न सफल भएको छ ।’
कम्पनीले टुसान प्राइमको आफ्नै इन्स्ट्राग्राम एकाउन्ट संचालनमा ल्याएको छ । अहिले करिब १ लाख फलोअर्स रहेको उक्त एकाउन्टमा निकै तिब्ररुपमा फलोअर्स बढी रहेका छन् ।
शोरुममा प्रबेश गर्नासाथ प्राइमले ग्राहकलाई स्वागत गर्ने गरेको छ । यसले जनावर प्रेमी ग्राहकहरु निकै खुसी बनाएको बताइएको छ ।

