हस्कभर्नाको बुकिङ खुल्ला, मूल्य ५ लाख ७०

काठमाडौं । हस्कभर्नाका दुई मोडल नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यस्तोमा कम्पनीले यसको मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो ।

हस्कभर्नाको आधिकारीक वितरक गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि हो । कम्पनीले केटीएमको शोरुमबाट नै हस्कभर्नाको बिक्री वितरण गर्ने छ ।

हस्कभर्नाको स्र्भटपिलेन २५० र भिट्पिलेन २५० मोडल अहिले नेपाल आएको छ । यी दुबै मोडलको मूल्य समेत एउटै राखेर कम्पनीले बुकिङ लिन सुरु गरेको हो । अहिले ग्राहकले २० देखि ३० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।

यी दुबै मोडलमा समान २४८.८ सीसी इन्जिन रहेको छ । भिट्पिलने २५० ले ३१ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यस्तै स्भर्टपिलेनमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ ।

यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल डिस्क, डबल च्यानल स्यान्डर्ड एबीएस, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ ।


Back_to_top