काठमाडौं । कियाले भारतमा उत्पादन गरेको सब फोर मिटर एसयूभी सोनेटको बिक्री सुरु गरेको छ । हिजो शुक्रबारबाट भारतमा बिक्री भएको सोनेट नेपाल ल्याउने तयारी सुरु भइसकेको कियाको आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले जनाएको छ ।
यस्तोमा नेपाल आउने पक्का पक्की रहेको सोनेटको फिचरको विषय धेरैले चासो राखिरहेको हुन सक्छन् । भारतमा सुरुवाती मूल्य ६ लाख ७१ हजार भारतीय रुपैयाँबाट बिक्री सुरु भएको किया सोनेट नेपालमा पनि करिब ३५ लाखदेखि ५८ लाख रुपैयाँसम्मको मूल्य राखेर यसको बिक्री सुरु हुने अनुमान गरिएको छ ।
यस्तोमा किया सोनेटको टप भेरियन्टमा उपलब्ध मुख्य १५ फिचरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
–१०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम
–कियाको यूभिओ कनेक्ट सिस्टम जसमा ५७ वटा कनेक्टीभ फिचर उपलब्ध रहेका छन् ।
–एआई वेस भ्वइस रिकग्नेसन अपडेट
–वायरलेस मोवाइल चार्जर
–६ वटासम्म एयरव्याग
–एलइडी डेटाइम रनिङ लाइटसँग जोडिएको एलइडी हेडल्याम्प
–अटोमेटिक क्लाइमेट कन्ट्रोल
–टिपीएमएस सेन्सर
–इन्जिन स्टार्ट स्मार्ट कि
–सेग्मेन्टकै धेरै २११ एमएम ग्राउन्ड क्लियरेन्स
–३९२ लिटरको ठूलो बुट स्पेश
–७ स्पीड डिटिसी गियरबक्स
–आईएमटी गियरबक्स
–भ्यान्टिलेटेड सिट
–सर्वाधिक २४.१० किलोमिटर प्रतिलिटर माइलेज

