इलेक्ट्रिक स्कुटर खोज्नेलाई यी ४ स्कुटर हुन सक्छन उत्कृष्ट विकल्प

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रिक दुई पाँग्रे सवारी साधनको उपलब्धता बढ्दै गएको छ । पछिल्लो समय नेपालमा धेरै ब्रान्डका इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर भित्रने क्रम बढ्दै गएको छ ।

केही दिन अधिमात्र सुपर सोको नेपालमा रि लन्च भएको छ । त्यस्तै टेल्जी नामक इलेक्ट्रिक स्कुटर तथा जिनियस मोटरसाइकल लकडाउनको समयमा सार्वजनिक भएको थियो । त्यसैगरी पछिल्लो समय प्योर ईभीका स्कुटरको समेत विक्री सुरू भएको छ । अन्य धेरै इलेक्ट्रिक कम्पनीहरु नेपालमा भित्रने क्रम जारी रहेको छ ।

नेपाली बजार हाल विक्री भइरहेका विभिन्न कम्पनीका उत्कृष्ट स्कुटरहरु निम्न प्रकार रहेको छ ।

१. एनआइयू

नेपाली बजारमा लोकप्रिय इलेक्ट्रिक स्कुटर एनआइयू रहेको छ । कम्पनीले लामो समयदेखि नेपालमा स्कुटर विक्री गर्दै आएको छ । पछिल्लो वर्षको आयात तथ्यांकलाई हेर्दा नेपालमा सबैभन्दा धेरै आयात गर्ने कम्पनी एनआइयू रहेको छ ।

कम्पनीले दुई मोडलको स्कुट विक्री गर्दै आएको छ भने एनआइयू एन सिरिज धेरै विक्री हुने स्कुटर रहेको छ । एनआइयू एन सिरिजमा लिथिएम आयन पानासोकिन ब्याट्री रहेको छ । यो स्कुटरले एक पटकको फुलचार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ भने यसको मूल्य २ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

२. टेल्जी लियोपार्ड

लकडाउनमा नेपाल प्रवेश गरेको टेल्जी ब्रान्ड छोटो समयमा नै लोकप्रिय हुँदै गएको छ । कम्पनीले सन २०२० मा आयात गरेको तथ्यांक अनुसार टेल्जी धेरै इलेक्ट्रिक स्कुटर आयात गर्नेमा दोस्रो कम्पनी रहेको छ ।

कम्पनीले केही समय अगाडी मात्रै नेपालमा टेल्जी लियोपार्ड स्कुटरको विक्री सुरु गरेको हो । यो स्कुटर ग्राहकले धेरै रुचाइएको पाइएको छ । कम्पनीका अनुसार टेल्जी लियोपार्ड सबैभन्दा धेरै विक्री हुने इलेक्ट्रिक स्कुटर बन्न सफल भएको हो । यो स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटर रेन्ज प्रदान गर्छ भने यसको मूल्य २ लाख १० हजार रुपैयाँ रहेको छ ।

३. सुपर सोको सीयूएक्स

सुपर सोकोले नेपालमा हालै मात्र विक्री सुरु गरेको सुपर सोको सीयूएक्स स्कुटरले एक पटकको फुलचार्जमा ८५ किमीको रेन्ज दिन्छ । यो स्कुटरको २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । सुपर सोकोलाई आधिकारिक रुपमा हालैमात्र डि–लाइफ स्टाइलले नेपालमा भित्र्याएको हो ।

४. प्योर ईभीको ई-प्लुटो ७ जी

प्योर ईभीको ई-प्लुटो ७ जीमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई-प्लुटो ७ जीको उच्च गति ६० किलोमिटर प्रतिघण्टा रहेकोे छ ।

साथै, नेपाली बजारमा यो स्कुटर १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सनमा विक्री भइरहेको छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ । कम्पनीले ईप्लुटो ७ जीको मूल्य २ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ ।


Back_to_top