होन्डा साइन र हिरो ग्ल्यामरसँग प्रतिस्पर्धा गर्न पल्सर-१२५ अाउँदै

काठमाडौं । युवाबर्ग लक्षित मोटरसाईकल उत्पादक कम्पनीले उत्पादन गर्ने घोषणा गरेको बजाज पल्सर १२५ सीसकिो काम सुरु गर्ने जनाएको छ । जसरी हिरो मोटो कर्प र होन्डाले भारतीय बजारमा आफ्नो पकड बनाएको छ त्यसैगरी बजारमा पकड बनाउने प्रडक्टको खोजीमा रहेको बजाज मोटरसाइकलले यसलाई प्रिमियम क्लासमा सस्तो र सबैको रोजाइमा पर्ने गरि ल्याउन लागेको जनाएको छ ।

पछिल्लो रिपोर्ट अनुसार बजाज डिस्कभरमा ग्राहकको आर्कषण घट्दै गएकाले कम्पनीले आफ्नो चर्चित मोडल पल्सरलाई नै १२५ सीसी क्षमतामा ल्याउने निर्णय गरेको हो । उसले यो बाइकलाई निकै स्पोर्टी स्वरुप दिने छ । 

बजाज मोटरसाईकल पछिल्लो दिनमा भएको बिक्री ग्रोथबाट निकै उत्साहित भएको छ । कम्पनीले उत्पादन गर्ने १२५ सीसी पल्सरमा एबीएससमेत हुने छ । भारत सरकारले नयाँ बन्ने मोडलमा जुन २०१८ देखि १२५ सीसीभन्दा माथिका मोटरसाइकलमा अनिर्वाय एबिएस राख्नुपर्ने नियम लागु गरेको छ । यो बाइक पल्सर मोडलको सबैभन्दा सस्तो मोडलसमेत हुने छ ।

बजाजको नयाँ पल्सरमा १२५ सीसी ४ भल्व सिङगल सिलिन्डर टुइन पार्क इन्जिन दिने छ । ९ हजार आरपीएममा १३ बिएचपी पावर र ७ हजार आरपीएममा १०।८ एनएम टर्क जेनेरेट गर्ने यो इन्जिनले बाइकको परर्फमेन्स निकै राम्रो हुने दाबी गरिएको छ । यसमा ५ स्पिड गियरबक्स रहने छ ।

भारतीय बजारमा होन्डा साइन र हिरो ग्यामरसँग प्रतिस्पर्धाको लागि कम्पनीले पल्सर १२५ ल्याउन लागेको अनुमान गरिएको छ । पल्सर २००१ देखी निरन्तर चर्चामा रहेको मोटरसाइकल हो ।

नेपाली बजारमा पनी २००१ बाट नै बिक्री वितरण सुरु भएको पल्सर अहिले पनि सर्वाधीक बिक्री हुने वाइकमा पर्छ ।


Back_to_top