बजाजको ७६ वर्षे यात्रा, स्कुटरबाट मोटरसाइकलमा यसरी भयो ‘टर्न’

काठमाडौं । अहिले नेपालमा चर्चित मोटरसाइकल ब्राण्ड बजाज अटो सुरुवाती दिनमा दुई पाङ्ग्र र तीन पाङ्ग्रे सवारी आयात गर्ने कम्पनीको रुपमा स्थापीत भएको थियो । सन् १९४५ नोभेम्वर २९ मा बचराज ट्रेडिङ कर्पोरेशनको नाममा भारतमा स्थापना भएको कम्पनी नै अहिलेको बजाज अटो हो ।

तत्कालीन समयमा कम्पनीले इटालीमा उत्पादन गरेको सवारी साधन भारतमा आयात गरेर विक्री सुरु गरेको थियो ।

जब १९६५ मा राहुल बजाज उक्त कम्पनीको चेयरम्यान भए । त्यस पश्चात् बजाज भारतमा स्कुटर सेग्मेन्टको लिडर बन्न पुग्यो । कम्पनीले बजाज चेतक भारतमा नै उत्पादन सुरु गरेको थियो । उक्त स्कुटर अहिले पनि भेट्न सकिन्छ ।

यो सफलता लामो समयसम्म टिकेन । सन् १९९० मा भारतले आर्थिक मन्दीको सामना गरेको थियो । आर्थिक मन्दिको कारण बजाजले १९९१ मा आफ्नो १५ प्रतिशत व्यापार गुमायो । त्यसको अर्को वर्ष ८ प्रतिशतले व्यापार घटेसँगै बजाजको कठिन दिन सुरु भएको थियो ।

बजाजले स्कुटर व्यापार गुमाउँदै जाँदा जापानी मोटरसाइकल निर्माता कम्पनीहरु भारतीय बजारमा प्रबेश गरिसकेका थिए । भारत प्रवेश गरेका सबै जसो ब्रान्ड सुजुकी, हिरो होन्डा, यामाहाले स्कुटरको अलावा मोटरसाइकल उत्पादनमा आफुलाई केन्द्रित गरे ।

स्कुटरको ठाँउमा मानिसहरुको रोजाई मोटरसाइकल पर्न थाल्यो । उच्च माइलेज र नयाँ टेक्नोलोजी भएकै कारण मोटरसाइकलको विक्री बढ्यो । मोटरसाइकलले स्कुटरको भन्दा धेरै माइलेज दिने र जापानी टेक्नोलाजीका कारण मोटरसाइकल किन्नेको संख्या बढ्दै गए ।

भारतमा बैंकहरुले पनि नयाँ मोटरसाइकल किन्नेलाई केन्द्रमा राखेर कर्जा उपलब्ध गराउन थाले । सहज फाइनान्स सुविधाको कारण स्कुटर किन्नेको संख्या बढ्दै गयो । बजाज स्कुटरको उत्पादन बन्द भयो ।

राजिव बजाजको उदय

आफ्नो बुबा राहुल बजाजले खडा गरेको कम्पनी संकटमा परेसँगै त्यसलाई उद्धार गर्न आए छोरा राजिव बजाज । राजिव अहिलेपनि बजाज अटोका एमडी तथा सिइओ रहेका छन् ।

राजिवले आफ्नो शिक्षा बेलायतको युनिर्भसिटी अफ वारभिकमा इन्जिनियरिङ गरेर भारत फर्किएका थिए । बुबाले नेतृत्व गरेको कम्पनी संभाल्ने निधो गरेर बजाज अटोमा संग्लन भएका उनले तत्कालै बजाजले मोटरसाइकल निर्माण गर्ने निर्णय गरे ।

मोटरसाइकल निर्माणका लागि उनले पुणे चाकनमा अत्याधुकिन प्लान्टको स्थापन गरे । उनको यो निर्णयसँग कम्पनीका अन्य सदस्य सहमत थिएनन् । सोही समयमा हिरो होन्डाले ११ मिलियन स्प्लेन्डर भारतमा विक्री गरेर तहल्का मच्चाएको थियो ।

राजिवले स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्नका लागि मोटरसाइकल उत्पादन गरे तर, त्यो सफल हुन सकेन । जापानी टेक्नोलोजीसँगको प्रतिस्पर्धामा बजाज नराम्रोसँग पछारियो । जापनी टेक्नोलोजी एड्भान्स थियो । हिरोहोन्डाले ४ स्ट्रोक मोटरसाइकल उत्पादन गर्थो भने बजाजले २ स्ट्रोक मोटरसाइक निर्माण गरेको थियो ।

यसमा असफल भएका राजिव बजालले नयाँ सोचका साथ काम गर्न सुरु गरे । उनले अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्नेभन्दा अन्य ब्रान्डभन्दा भिन्न मोटरसाइकल निर्माण गर्ने निर्णय गरे । उनले स्पोर्टी मोटरसाइकल निर्माण गर्ने सोच बनाएर स्प्लेन्डरभन्दा ८० प्रतिशतसम्म पावरफुल इन्जिन भएको मोटरसाइकल बजारमा ल्याए ।

उनले बजाज पल्सर १५० र पल्सर १८० को उत्पादन र विक्री सुरु गरे । यी दुई मोटरसाइकल स्प्लेन्डरभन्दा पावरफुल त थिए, तर यसको माइलेज एकदमै कम थियो ।

पल्सरले बदलेको भाग्य

पहिलो उत्पादन नै असफल भएबाट कम्पनीका अन्य सदस्यहरु चिन्तित थिए । दोस्रो उत्पादन पनि कम माइलेजको कारण असफल हुने चिन्ता र डर दुबै थियो । राजिवले पल्सर मोटरसाइकलको वारेन्टिको समय थप गरिदिए । विस्तारै उनले एनएस जस्तो अझै पावरफुल तथा महंगो मोटरसाइकलको विक्री सुरु गरे । यहाँबाट बजाजको सुखद यात्रा सुरु भएको थियो । मोडल बढ्दै जाँदा बजाजले मासिक ३० हजार मोटरसाइकल विक्री गर्न सफल भयो ।

सन् २००६ सम्म आइपुग्दा बजाज र हिरोहोन्डको वार्षिक विक्रीको तुलनामा बजाज ३२ हजार यूनिटले मात्र पछि परेको थियो । सन २००७ सम्म बजाजले एकदमै राम्रो व्यापार गर्न सफल रह्यो । यो सफलता बाट उत्साहित भएका राजिवले पल्सर सिरिजसँगै नयाँ सिरिज निर्माणमा हात हाले । त्यसपछि बजाजले पल्सरको विक्री फेरि गुमायो ।

यतिसम्म भयो कि एक कार्यक्रममा राजिब बजाजले हिरोहोन्डासँग प्रतिस्पर्धा गर्न नसकिनेसम्म भनेका थिए । उक्त समयमा फेरी बजाजले आफ्नो बजार हिस्सा गुमायो र यामाहा सुजुकी जस्ता कम्पनीले बजारमा पकड जमाउन थाले ।

राजिव बजाजले फेरि एकपटक पल्सर सिरिजमा नै फोकस हुने निर्णय गरे । पल्सरलाई उनले प्रिमियम मोटरसाइकल बनाउने निर्णय गरे । यसले अन्य बाइकको तुलनामा बजाज बाइकलाई ठूलो, छिटो कुद्ने, स्टायलिस, पावफुल बनाउनमा ध्यान दिए । उनको निर्णय सहि भयो र पल्सर सिरिजले नयाँ उचाई लियो ।

त्यसपछि उनका बुबा राहुल बजाजले एक कार्यममा भनेका थिए, ‘यदि राजिव बजाज हुँदैन थिए भने बजाज आज यो स्थानमा हुँदैन थियो, बजाजको सफलताको श्रेय राजिवलाई नै जान्छ ।’

आजको बजाज

बजाजले पछिल्लो समय भारत लगायतका ७० भन्दा धेरै देशमा मोटरसाइकल विक्री गर्दै आएको छ । बजाजले ६ भन्दा धेरै सिरिजमा मोटरसाइकल उत्पादन गर्दै आएको छ । बजाज भारतीय बजारमा टप मध्ये एक कम्पनीको रुपमा सफल रहेको ।

बजाजको पल्सर सिरिज विश्वभर नै चर्चित रहेको छ । बजाजका मोटरासइकल आजपनि फिचर कारणभन्दा पावर र स्टाइलिस डिजाइनका कारण नै सफल रहेको चर्चामा रहँदै आएको छ । अहिले भारतकै सबैभन्दा धेरै मार्केट क्याप भएको कम्पनीमा बजाज पहिलो स्थानमा रहेको छ ।

एजेन्सिकाे सहयाेगमा ।


Back_to_top