होन्डाको नयाँ मूल्यसूची सार्वजनिक, कुनकाे मूल्य कति बढ्यो (सूचीसहित)

काठमाडाैं । होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । कम्पनीले यसअघि सूचना जारि गरेर मूल्य बढ्ने जनाएको थियो ।

भाद्र १५ गतेदेखि लागु हुने गरेर मूल्य वृद्धि गरेको हो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार तीन मोडलका मोटरसाइकल तथा स्कुटरमा मूल्य वृद्धि भएको छ भने अन्य मोडलमा मूल्य यथावत नै राखेको छ ।

कम्पनीले होन्डा साइनको ४ भेरियन्ट, ग्राजियाको दुई भेरियन्ट र एक्टीभाको एक भेरियन्टमो मूल्य वृद्धि गरेको हो । कम्पनीले ३ हजार रुपैयाँदेखी ७ हजार रुपैयाँसम् मूल्य वृद्धि गरेको छ । सबै भन्दा धेरै ग्राजिया डिएलएक्समा ७ हजार रुपैयाँ मूल्य वृद्धि गरेको छ भने सबैभन्दा कम एक्टीभा एसटीडी र ग्राजिया एसटीडीमा ३ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

यस्तो छ कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची


Back_to_top