काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस)ले चाडपर्व नजिकिएसँगै ‘टोयोटा एक्सचेञ्ज कार्निभल’ आयोजना गरेको छ । कम्पनीले आफ्नो नेपालभर रहेका टोयोटा शोरुमहरुमा आज भदौ २८ देखि असोज ३ गतेसम्म उक्त एक्स्चेञ्ज कार्यक्रम संचालन गर्ने जनाएको छ ।
नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोजस्ता मोडलसँग पुरानो गाडी ल्याएर ग्राहकले एक्सचेन्ज गर्न सक्ने छन् । उक्त एक्सचेन्जमा ग्राहकले आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस एक्सचेन्ज कार्निभलमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मुल्यांकन, आकर्षक गिफ्ट प्याकेज तथा लक्की ड्र मार्फत होटल प्याकेज लगायतका अफरहरु प्रदान गर्नेछ ।

