काठमाडौं । चिनियाँ ब्राण्ड ग्रेटवाल मोटर्स अन्तर्गत हावल ब्राण्डको जोलाइन एसयूभीको टप भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले यसको टप भेरियन्टलाई ७६ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य राखेर सार्वजनिक गरेको हो ।
निकै आकर्षक डिजाइन र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलाइन टप भेरियन्टमा १८ इन्चको आल्मुनियम अलोय ह्वील, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टील बडी, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभिङ सिट, पानारोमिक सनरुफ, ड्यूल जोन अटोमेटीक एसी जस्ता फिचर पाउन सकिन्छ ।
हावलले यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिएको छ । सुरक्षाको लागि ६ एयरव्याग, ३६० डिग्रि क्यामेरा, ब्लाइन्ड स्पोट मोनिटरिङ, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, हेड अप डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ ।
यसको इन्टेरियरलाई प्रिमियम बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन । १२.३ इन्चको स्मार्ट टच स्कृन, मल्टी फङ्सनल स्टेरिङ ह्वील, फुल डिजिटल इन्ष्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।


