काठमाडौं । १२५ सीसी सेग्मेन्टमा नै सर्वाधिक धेरै विक्री हुने स्कुटर टीभीएस एनटर्क १२५को बीएस ६ भर्सन केही समय अघिबाट नेपालमा विक्री सुरु भएको थियो । एनटर्क १२५ ले नेपालको प्रिमियम स्कुटर मार्केटको ‘डाइनामिक्स’ नै परिवर्तन गर्न सफल भएको छ ।
उच्च टेक्नोलोजीको इन्जिन त्यसमा पनि आरटी एफआई जेक्नोलोजीको कारण युवा पुस्तामा यसको क्रेज बढी रहेको छ । भारतीय कम्पनीले उत्पादन गरेको यो स्कुटरले भारतमा लगातार तीन पटक ‘स्कुटर अफ दि इयर’को उपाधि जित्न सफल भएबाटै यसको लोकप्रियतालाई मापन गर्न सकिन्छ ।
सन् २०१८ मा पहिलो पटक नेपालमा विक्री सुरु भएको एनटर्कको सफलतालाई यसको विक्रीले पनि पुष्टी गरेको छ । तीन वर्षमा ५० हजार यूनिट विक्री आँकडा यसले पुरा गरिसकेको छ ।
नयाँ मापदण्ड (बीएस ६) इन्जिनमा नेपाल आएको एनटर्क १२५ मा दिइएको आरटीएआईका कारण यसको फर्फमेन्समा समेत थप सुधार आएको छ ।
विभिन्न ५ भेरियन्टमा उपलब्ध एनटर्क १२५ को सुरुवाती भेरियन्टको मूल्य २ लाख २१ हजार रुपैयाँबाट सुरु भएको छ भने आरटीएफआईको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ ।
के हो आरटी एफआई ? यस्ता छन् फाइदा
फ्युल इन्जेक्सन टेक्नोलोजी कै एउटा प्रकार हो आरटीएफआई । टीभीएसले दुई प्रकारको एफआई टेक्नोलोजीको प्रयोग गर्दै आएको छ । कम्पनीले प्रयोग गर्ने इटीएफआई र आरटीएफआई टेक्नोलोजी हो । कम्पनीले पर्ममेन्स प्रोडक्टहरुमा इटी एफआई प्रयोग गरिहेको छ भने, पावर पर्फमेन्स प्रोडक्टमा आरटी एफआई प्रयोग गरिरहेको छ ।
टीभीएस जुपीटर, विगो जस्ता स्कुटरमा इटी एफआई प्रयोग हुँदै आएको छ भने एनटर्क १२५ बीएस ६, आरटीआर २०० फोर भीमा आरटी एफआई टेक्नोलोजी प्रयोग गरेको छ ।
कतिपय कम्पनीहरुले बीएस ४ बाट बीएस ६ मा अपग्रेड गरेको मोटरसाइकल तथा स्कुटरहरुमा त्यसको पावर तथा पीकअप घट्ने गरेको पाइन्छ । तर, आरटी एफआईको प्रयोग गरेर टीभीएसले यसको पावर, पीकअप तथा यसको समग्र पर्फमेन्सलाई अझै उत्कृष्ट बनाएको छ ।
आरटीएफआईको प्रयोगले एनटर्कको पावर तथा टर्कमा वृद्धि हुनुका साथै यसको थ्रोटल रेस्पोन्स अझै राम्रो भएको छ । आरटीएफआईको प्रयोगले यसको इन्जिन अझै ट्युन गरेर यसको एग्जष्ट साउन्ड अझै उत्कृष्ट पाउन सकिन्छ । एफआईको प्रयोगले कार्वुरेटर इन्जिनमा भन्दा धेरै माइलेज यो स्कुटरले दिन्छ ।

