काठमाडौं । बजाज पल्सर १२५ लाई टक्कर दिन टीभीएसले दुई दिनपछि कम मूल्यको नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले नयाँ मोटरसाइकलको टिजर सार्वजनिक गर्दै मोटरसाइकल तयार भएको संदेश दिएको हो ।
बजारमा आउन लागेको नयाँ मोटरसाइकलको अगाडि र पछाडिको लाइटको भाग सार्वजनिक गर्दै कम्पनीले सेप्टेम्बर १६ तारिकमा नयाँ मोटरसाइकल आउने जानकारी दिएको हो ।
नयाँ मोटरसाइकलको नामसमेत अहिलेसम्म सार्वजनिक भएको छैन । टीभीएसले तीन नाम ट्रेडमार्क दर्ता गराएकाले फियरो, राइडर वा रिट्रोन मध्ये कुनै एक नामबाट यो मोटरसाइकल बजारमा आउने अपेक्षा गरिएको छ ।

विशेषत १२५ सीसी सेग्मेन्टमा रहेका बजाज पल्सर र हिरो स्प्लेन्डर जस्ता मोडलसँग प्रतिस्पर्धामा उत्रनु अघि कम्पनीले थुप्रै सेग्मेन्टमै पहिलो फिचरहरु यसमा समावेस गरेको अनुमान गरिएको छ ।
अपाचे सिरिजबाट प्रेरित हेडल्याम्प, सि सेप्डमा एलइडी डेटाइम रनिङ लाइट, पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टर्न इन्डिकेटर, राइडिङ मोड जस्ता फिचर यसमा ग्राहकले पाउने अपेक्षा गरिएको छ ।
कम्पनीले नयाँ मोटरसाइकलमा सिंगल च्यानल एबीएस, सिंगल पिस ग्राबरेल, अलोय ह्वील दिने अपेक्षा गरिएको छ । यसमा रहने १२५ सीसी क्षमताको एफआई इन्जिनले १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ । यसमा उपलब्ध अन्य फिचरको जानकारी पाउने भने अझै दुई दिन कुर्नु पर्ने हुन्छ ।

