ल्याण्डक्रुजर एलसी ३०० किन्न चाहनेले ४ वर्ष कुर्नु पर्ने

याे तस्विर लेफ्ट ह्याण्ड ड्राइभ एलसी ३०० को हो ।

काठमाडौं । टोयोटा मोटर्सले आफ्नो नयाँ एसयूभी ल्याण्डक्रुजर एलसी ३०० चार वर्षसम्मको उत्पादन बुकिङ भइसकेको जनाएको छ । कम्पनीले केही महिना अघि सार्वजनिक गरेको यो मोडल वार्षिक ५ हजार यूनिट उत्पादन गर्ने टोयोटाले लक्ष्य लिएको थियो ।

कम्पनीले राखेको उत्पादन लक्ष्य अनुसार वार्षिक ५ हजार यूनिट मात्र उत्पादन हुन्छ भने अहिले बुकिङ करिब २१ हजार यूनिट पुगेको जनाइएको छ । विश्वभर यसको माग बढी रहेकाले बुकिङ बन्द गरिएको टोयोटा ग्लोवलले जनाएको छ ।

नेपालका लागि टोयोटाको आधिकारीक वितरक यूनाइडेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले ल्याण्डक्रुजर एलसी ३०० नेपाल ल्याउने जनाएको थियो । कम्पनीले अक्टोवर प्रोडक्सन नेपाल आउने यसअघि जानकारी दिएको थियो ।

ल्याण्डक्रुजर एलसी ३०० मा ३.५ लिटर र ३.३ लिटर दुइन टर्बो भि६ डिजेल इन्जिन दिइएको छ । उक्त ३.५ लिटर इन्जिनले अधिकतम ४१५ हर्स पावर र ६५० एनएम टर्क प्रदान गर्ने छ । त्यसैगरि ३.३ लिटर इन्जिनले अधिकतम ३०९ हर्स पावर र ७०० एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ ।

ड्यासवोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ डिजाइनको स्टेरिङ ह्वील, लेदर सिट पाउन सकिन्छ । साथै, टोयोटाले नयाँ जेनेरेशन मोडलको तौल २०० किलोग्रामले घटाएको छ । नयाँ जेनेरेशन ल्याण्डक्रुजर पहिलो पटक टोयोटाको टिएनजीए प्ल्याटफर्ममा तयार भएको हो । नयाँ प्ल्याटफर्मको मारण यसको कुल तौलसमेत घटेको हो ।

एलसी २०० को तुलनामा एलसी ३०० मा निकै आकर्षक ग्रिल दिइएको छ । ग्रिलको बीचमा थुप्रै एयर भेन्टहरु दिइएको छ । अगाडिको ग्रिलमा होरिजेन्टल क्रोम फिनिसिङ, नयाँ डिजाइनको रेक्टेङगुलर आकारको हेडल्याम्प, बक्सी डिजाइन बडी, आकर्षक रुफरेल जस्ता फिचर देख्न सकिन्छ ।

पूर्णत नयाँ डिजाइनको ड्यासवोर्ड प्रयोग भएको एलसी ३०० मा ९ इन्च र १२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, हेड अप डिस्प्ले, पावर टेलगेट, पावर एड्जस्टेवल स्टेरिङ ह्वील, फिङ्गर प्रिन्ट एथेन्टीकेशन सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।

टोयोटा सेफ्टी सेन्स स्वीट फिचर प्रयोग भएको यो गाडी क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, एडप्टीभ हाइ बीम जस्ता फिचर उपलब्ध रहेका छन् ।


Back_to_top