काठमाडौं । एमभी अगष्टाको आधिकारीक वितरक एसजे मोटोले तिहार लक्षित स्कीम संचालनमा ल्याएको छ । कम्पनीले एमभी अगष्टाको मोटरसाइकलमा १ लाखसम्म नगद छुट दिने योजना ल्याएको हो ।
कम्पनीले नगद छुटको अलावा २ वर्ष वा ४ वटा निःशुल्क सर्भिसिङको सुविधा पनि दिने जनाएको छ । एमभी अगष्टा प्रिमियम मोटरसाइकल उत्पादन गर्ने इटालियन कम्पनी हो । नेपालमा विक्री हुने सर्वाधिक मूल्य भएको मोटरसाइकलमा अधिकांश मोडल एमभी अगष्टाकै रहेका छन् ।
कम्पनीसँग अहिले एमभी अगष्टा टुरिज्मो, टुरिज्मो भेलोसी, ब्रुटेल ८००, ब्रुटेल ८०० आरआर, ड्रागेस्टर ८०० आरआर, एफ फोर र एफ थ्री मोडल उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले दिएको यो स्कीम नोभेम्बर २२ सम्म लागु हुनेछ ।


