आउने भयाे रोयल इनफिल्ड ‘सुपर मेटोर’, यस्ता छन् विशेषता

काठमाडौं । रोयल इनफिल्डले आगामी वर्ष धेरै मोडल बजारमा ल्याउने तयारी गरेको छ । यसमा एक मोडल रोयल इनफिल्ड सुपर मेटोरसमेत रहेको छ ।

रोयल इनफिल्ड ६५० ट्वीनमा आधारित क्रुजर मोटरसाइकलको रुपमा कम्पनीले बजारमा ल्याउने अनुमान गरिएको छ । कम्पनीले योसँगै हन्टर ३५० समेत सार्वजनिक गर्ने तयारी गरेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

आगामी इक्मा मोटरसाइकल शोमा सार्वजनिक हुने रोयल इनफिल्ड सुपर मेटोरको चर्चा सुरु भएको छ ।

कम्पनीले नोभेम्वर २३ मिलानबाट प्रिमियर गर्ने अनुमान गरिएको छ । यसको उत्पादन र विक्री भने सन् २०२२ को सुरुवाट हुने अनुमान गरिएको छ ।

यो मोटसाइकलमा सर्कुलर हेडल्याम्प, पारम्परिक ह्यान्डलबार जस्ता धेरैजसो फिचर पुरानो नै दिइएता पनि यसको फ्रन्र्टमा पहिलो पटक यूएसडी फर्क प्रयोग हुनेछ । यसको रियरमा भने ट्वीन स्प्रीङ सस्पेन्सन सेटअप हुनेछ ।

यसमा ६५० ट्वीनमा रहेको ६४८ सीसी प्यारलल ट्वीन सिलिन्डर इन्जिन हुने अनुमान गरिएको छ । यो इन्जिनले ४७ पीएस पावर तथा ५२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथ स्लिपर क्लच हुनेछ ।

डबल च्यानल एबीएस, ट्रीपर नेभिगेशन, ट्वीन पड इन्स्टुमेन्ट क्लस्टर, वाइडर टायर जस्ता फिचरले यसलाई प्रिमियम बनाउने छ ।


Back_to_top