काठमाडौं । क्रसफायर मोटरसाइकलको नयाँ मूल्यसुची सार्वजनिक भएको छ । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलको मूल्य वृद्धि भएको हो ।
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले विक्री गर्ने ४ मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो । कम्पनीका अनुसार सरकारले ल्याएको नयाँ कर मापदण्डका कारण २५० सीसी क्षमताका मोटरसाइकलमा मूल्य वृद्धि भएको हो ।
कम्पनीले विक्री गर्ने क्रसफायर आरएम २५० को मूल्य २३ हजार रुपैयाँ, एचजे २५० मा १५ हजार रुपैयाँ, ट्रेकर २५० मा २७ हजार रुपैयाँ र इटालीकामोटो फर्मुला १५० मा १० हजार रुपैयाँ मूल्य वृद्धि भएको हो ।
क्रसफायर आरएम २५० को नयाँ मूल्य ७ लाख ४८ हजार रुपैयाँ, एचजे २५० को मूल्य ६ लाख ७० हजार रुपैयाँ, ट्रेकर २५० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ निर्धारण भएको छ । त्यस्तै कम्पनीले विक्री गर्ने एकमात्र स्कुटर इटालीकामोटो फर्मुला १५० को मूल्य ३ लाख २० हजार रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले केही दिन अघि मात्र ट्रेकर २५० मोटरसाइकल अपडेटेड भर्सन नेपालमा सार्वजनिक गरको थियो ।


