काठमाडौं । कुजु नेपाल प्रालिले नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर याडिया नेपालमा सोल्ड आउट भएको छ । कम्पनीले दशैंअघि नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर सोल्ड आउट भएको हो ।
‘हामीले पहिलो लट ल्याएको याडियाका स्कुटर सबै विक्री भएको छ । अब २०२२ मोडल आउने छ । त्यसको लागि ग्राहकले करिब २ महिना कुर्नु पर्ने हुन्छ’, कुजु नेपालका संचालक उमिद श्रेष्ठले मेरोअटोसँग भने ।
बजारमा थुप्रै ब्राण्डले इलेक्ट्रीक गाडी विक्री गर्दै आएका छन् । तर, जसरी विद्युतीय कारमा ग्राहकको आकर्षण देखिन्छ त्यस्तो आकर्षण मोटरसाइकल र स्कुटरमा देखिन सकेको छैन । यस्तोमा याडियाले पाएको सफलताले कम्पनी निकै उत्साहित भएको छ ।
याडियाले चीनमा उत्पादन गरेको युरोपियन स्ट्यान्डर्डका स्कुटर नेपाल आएको कम्पनीले जनाएको थियो । याडिया ‘जी फाइभ, सि वान एस र एस-लाइक’ तीन मोडलका स्कुटर नेपालमा विक्री गरेको थियो ।
याडिया जी ५ स्कुटरमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग भएको थियो । उक्त मोटरले अधिकतम २.३ किलोवाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १.२ किलोवाट रहेको छ । जी ५ स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ । जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ ।
यसमा प्रयोग भएको व्याट्री माइनस २० देखि ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्ने किसिमको छ । यसलाई कम्पनीले सर्ट सर्किट, ओभर करेन्ट प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर दिएर ल्याएको छ । यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सि-१ एस
याडिया सि-१ एसमा जी ५ कै समान मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २.२ किलोवाट पावर प्रदान गर्छ भने, यसको रेटेड पावर १.८ किलोवाट रहेको छ । यसको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।
सि-१ एसको व्याट्री, रेञ्ज र टप स्पीड पनि जी ५ समान रहेको छ । यसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ । यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
एस लाइक
याडिया एस लाइकमा पनि जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम १.२ किलोवाट पावर प्रदान गर्छ । यो स्कुटरको टप स्पीड क्षमता भने ५० किलोमिटर प्रतिघन्टा मात्रै रहेको छ ।
यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

