टाटा नेक्सनको विक्रीमा नयाँ रेकर्ड

काठमाडौं । टाटा नेक्सनले विक्रीमा नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ । भारतीय बजारमा डिसेम्बरको विक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै विक्री हुने एसयूभी भएको हो ।

पछिल्लो एक वर्षमा हरेक महिना आफ्नो विक्री बढाउँदै लगेको नेक्सन डिसेम्बर २०२१ मा सर्वाधिक विक्री हुने एसयूभी भएको छ । डिसेम्बरमा १२ हजार ८९९ यूनिटसहित नेक्सन सर्वाधिक विक्री भएको एसयूभी बनेको हो ।

एसयूभी सेग्मेन्टमा नै अर्को प्रतिस्पर्धी मोडल हुन्डाई भेन्यू दोस्रो र मारुती सुजुकी भिटारा ब्रेजा तेस्रो स्थानमा रहेका छन् । यी दुबै मोडलको विक्री क्रमशः १० हजार ३६० र ९ हजार १६५ यूनिट रहेको छ । कम्पनीहरुले सार्वजनिक गरेको यो विक्री तथ्यांक खुद्रा विक्री भने होइन ।

नेपालमा पनि नेक्सनको विक्री राम्रो संख्यामा भइरहेको छ । भारतमा जस्तो हरेक महिनाको विक्री नखुलाईए पनि अहिलेसम्म ३ हजार ५ सय यूनिट नेक्सन विक्री भइसकेको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहँदै आएको मोडल हो । टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ ।


Back_to_top