भिडियो रिभ्यू : सेडानको सुस्त बजारमा ‘एल्सभीन’को सानदार इन्ट्री

काठमाडौं । एक वर्षमा एकपछि अर्को गर्दै चिनियाँ ब्राण्डका प्यासेन्जर कार नेपाल आएका छन् । ग्रेटवाल, चेरी जस्ता ब्राण्डपछि चांगनले नेपालमा आफ्ना उत्पादन उतारेको छ ।

अरूभन्दा फरक बाटो खोज्दै चांगनले पहिलो कारको रुपमा सेडान कार बजारमा ल्याएको हो । चांगनलाई नेपालको पुरानो अटोमोबाइल ट्रेडिङ गर्ने घराना एमएडब्ल्यू ग्रुप अन्तर्गतको एमएडब्ल्यू वृद्धि अटोकर्पले नेपाल ल्याएको हो ।

कम्पनीले चांगनको लागि ‘स्टेट अफ दी आर्ट’ शोरुम नक्सालमा तयार गरिरहेको छ । शोरुम संचालनमा नआए पनि कम्पनीले विभिन्न मल, होटल र हाउजिङहरूमा ‘एल्सभीन’को टेस्ट ड्राइभ र विभिन्न प्रचारप्रसारका गतिविधि गर्दै आएको छ ।

मेरोअटोले पनि गत हप्ता चांगन एल्सभीन सेडानको टेस्ट ड्राइभ गरेको थियो । सेडान कारको बजार खुम्चँदै गए पनि कारको वास्तविक अनुभव गर्न र त्यसको राइडिङ कम्फर्ट बारे जान्न सेडान उपयुक्त मोडल मानिन्छ । हाम्रो लागि कम्पनीले उपलब्ध गराइएको एल्सभीन निलो कलरमा थियो । कारको कलबाट एल्सभीनको पहिलो इप्रेसन नै राम्रो रह्यो ।

एक्सटेरियर

एल्सभीनको अगाडि दिइएको ग्रिल रेगुलर कारहरूकोभन्दा विल्कुलै फरक बटरफ्लाई सेपमा रहेको छ । साथमा दिइएको प्रोजेक्टर हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइटले प्रिमियम अनुभव गराउँछ ।

एल्सभीनको फ्रन्ट लुक्सले जापनीज प्रिमियम कार लेक्ससको ग्रिलको झझल्को दिइरहेको हामीले पायौं । कारमा किलेस इन्ट्रीको सुविधा भए पनि स्मार्ट इन्ट्री बटम भने छैन । कारको एक्सटेरियरले जो कोहीलाई लोभ्याउने छ ।

इन्टेरियर

ढोका खोलेर भित्र छिर्ने बित्तिकै आनन्दित महुसुस गराउने किसिमले डिजाइन गरिएको इन्टेरियर पाउन सकिन्छ । फ्ल्याट बटम स्टेरिङ ह्वील, प्रिमियम लाग्ने सिट कभर र लेदर र्याप स्टेरिङले उत्कृष्ट ‘टच एण्ड फिल’ गराउने छ ।

यरो सेपको सेन्टर कन्सोल, ७ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, जेट इन्जिन सेपको एसी भेन्टको कम्बिनेशन उत्कृष्ट रहेको छ । सेमी डिजिटल इन्फर्मेसन क्लस्टर, एनलग स्पीडोमिटर, ड्राइभर आर्मरेस्ट र विभिन्न स्थानमा दिइएका स्टोरेजहरूले आवश्यकता अनुसारको सामान राख्न प्रशस्त स्थान उपलब्ध गराउने छ ।

ड्राइभिङ अनुभव

हामीले एल्सभीनलाई कलंकी, बल्खु हुँदै चोभार एरियामा गुडाएका थियौं । कारको स्टेरिङ र ब्रेककाे रेस्पोन्स उत्कृष्ट रहेको छ । यसलाई पावरको हिसाबले हेर्दा कुनै कमी अनुभव हुँदैन । १.४ लिटरको पावरफुल ब्लुकोर पेट्रोल इन्जिनले स्पीड लिन र ओभरटेक गर्न एकदमै सजिलो गराउँछ ।

राम्रै गतिमा टर्निङहरू मोड्दा बडी रोल गरेको अनुभव हुँदैन । हामीले यसलाई केही कच्ची बाटोमा पनि चलाएर अनुभव लिएका थियौं । कच्ची बाटोमा चलाउँदा समेत यसको ड्राइभिङ प्लेजर उत्तिकै मिल्छ ।

यसको अर्को सबल पक्ष भनेको क्याबिनमा कुनै किसिमको आवाज आउँदैन । कारलाई स्टार्ट गर्दा होस् वा गति बढाउँदा क्याबिनमा निकै शान्त महसुस हुन्छ । कारमा ‘रिमोट कन्टोल की’बाटै बुट खोल्न मिल्ने भएकाले सहज बनाएको छ । यसमा ३९० लिटर क्षमताको ठूलो बुट स्पेश पाउन सकिन्छ ।

यसमा रहेको डाइनामीक गाइड लाइनसहितको रियर क्यामरा र पार्किङ सेन्सरले रिभर्स गर्न सहज बनाएको छ । रियर एसी भेन्ट र आर्मरेस्ट नहुँदा पछाडि यात्रा गर्नेलाई केही खल्लो भने बनाएको छ ।


Back_to_top