काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले आफ्नो चर्चित एसयूभी किक्समा ३ लाख ५० हजारसम्म नगद छुट दिने घोषणा गरेको छ । कम्पनीले नगद सहित अन्य अफर जोड्दा किक्स किन्ने ग्राहकले ४ लाख ५२ हजारसम्मको लाभ लिन सक्ने जनाएको हो ।
‘फियस्ट २०७९’ नामबाट ल्याइएको यो स्कीममा नगद छुटको अलावा एक वर्षको बीमा, एक वर्षको सवारी कर, ठाउँका ठाँउ मूल्याङ्कन र एक्सचेन्ज सुविधा दिने जनाएको छ ।
निसान किक्स सन् २०१९ देखि नेपाली बजारमा उपलब्ध एसयूभी हो । पेट्रोल, डिजेल र टर्बो पेट्रोल इन्जिनमा उपलब्ध किक्स नेपाली ग्राहकले निकै मन पराएको मोडलमा पर्छ ।
यसमा दिइएको १४९८ सीसी क्षमता पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ । यसको १.३ लिटर टर्बो इन्जिनले भने १५६ पीएस पावर प्रदान गर्छ ।
किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, इबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पाउन सकिन्छ
एलइडी प्रोजेक्टर हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रुज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट यसमा छन् ।


