यस्तो छ ‘पोलो लेजेन्ड’

काठमाडौं । जर्मन अटोमोवाइल कम्पनी फक्सवागेनले आफ्नो प्रिमियम ह्याचव्याक पोलोको लेजेन्ड एडिसन भारतमा सार्वजनिक गरेको छ । लेजेन्ट भेरियन्ट रेगुलर मोडल जस्तै भएपनि यसको दुबै साइटमा स्पोर्टी ग्राफिक्सहरु थप भएर आएको हो ।

यसको रुफ माउण्टेड स्पोइलर र रुफ पुरै कलो कलरमा सजिएको छ । साथै दुबै साइडको फ्रन्ट फेन्डरमा स्पेशल एडिसनको व्याच देख्न सकिन्छ ।

फक्सवागेनले रेगुलर मोडलमा प्रयोग भएको १.० लिटर टर्बोचार्ज्ड इनलाइन तीन सिलिण्डर पेट्रोल इन्जिनलाई यसमा पनि प्रयोग गरेको छ ।

यसको इन्जिनले अधिकतम ११० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । पोलो लेजन्डमा ६ स्पीडको टर्क कन्भर्टर अटोमेटीक गियरबक्स दिइएको छ । यसलाई म्यानुयल गियरबक्समा ल्याइएको छैन ।

सन् २००९ मा लन्च भएको पोलो भारतीय बजारमा सन् २०१० बाट विक्री सुरु भएको हो । नेपालमा पनि सन् २०११ देखि निरन्तर रुपमा पोलोको विक्री हुँदै आएको छ । यस बीचमा पोलोमा केही कस्मेटीक परिमार्जन भएपनि यसको क्यावीन र आउटलुकमा खासै अपडेट भएको छैन ।

उत्कुष्ट ह्याण्डलीङ र राम्रो प्रभाव पार्ने प्रफर्मेन्सका कारण अटो पारखीको माझमा पोलो निकै चर्चित रहेको छ । सन् २०१३ मा पोलोमा क्रसओभर भर्सन पनि सार्वजनिक भएको थियो । जसमा ठूलो ग्राउन्ड क्लियरेन्स र चारै तीर प्लास्टीक क्लाइडिङ दिएर स्पोर्टी लुक्स प्रदान गरिएको थियो ।

भारतमा बीएस ६ लागू हुनुभन्दा अघिसम्म डिजेल भेरियन्टमा समेत उपलब्ध रहेको पोलोको अब नयाँ जेनेरेशनमा आउने अनुमान गरिएको छ ।


Back_to_top