यी ५ कारण हुन्डाई कोना सस्तो मूल्यमा लग्जरी कारको समूहमा पर्छ

हुन्डाई कम्पनीको बहुप्रतिक्षित मोडल हुन्डाई कोना नेपाली बजारमा आउने चरणमा रहेको छ । नेपालमा आउन लागेको कोना इलेक्ट्रीक हो । तर, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ल्याएको पेट्रोल कार कोनाले धेरै राम्रो सफलता हात पारिरहेको छ । 

अत्याधुनिक विशेषतासहित अग्रेशिप लुक्समा निर्माण भएको कोनाले हुन्डाईको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने आँकलन गरिएको छ । 

हुन्डाईले कोनामा समावेश गरिएका कतिपय विशेषता निकै उत्कृष्ट रहेको छन् भने केही फिचरलाई परिमार्जन गर्ने हो भने अझै उत्कृष्ट हुने छ । यो कार निकै बोल्ड, दमदार तथा आकर्षक रहेको छ । 

कोनाका पाँच उत्कृष्ट पक्ष ।

क्लोथ सिट 


प्रायः कारहरूले इन्ट्रीलेभलमा क्लोथ सिटको प्रयोग गर्दा ग्राहकमा सस्तोपनको महसूस हुनसक्छ । तर, कोनामा क्लोथ सिटको प्रयोगले इन्टिरियरलाई निक्कै आकर्षक तथा सानदार बनाएको छ । हाउन्डस्टूथ प्याट्रर्नको विकल्पले कोनाको सुन्दरतालाई धेरै माथि पुर्याएको छ । जसलाई हेर्दा थप रकम लगानी गरेजस्तो देखिन्छ । जुन सिट विलासी कार पोर्सचमा समेत दिइएको छ ।  

हेडअप डिस्प्ले 

कोनाको हेडअप डिस्प्ले अविश्वसनीय रहेको छ । एसयूडीको सबैभन्दा उपयोगी हिस्साकोरुपमा हेडअप डिस्प्लेलाई लिइन्छ । हेडअप डिस्प्लेको प्रयोगले कोनालाई थप आकर्षक बनाउनुका साथै, इन्टिरियरलाई पूर्णता दिएको छ । 

कलरफुल डिटेल्स


कोनाले इन्टेरियरलाई आकर्षक बनाउन हरियो रङ्गको प्रयोग गरेको छ । साथै, लेदर सिटको प्रयोगसँगै लिमग्रिन कलर पाइपिङ र कन्ट्रास्ट कलरको प्रयोगले कारलाई उत्कृष्ट देखाएको छ । 

३० हजार डलरभन्दा सस्ता अधिकांश कारहरूमा ड्रब र सस्तो इन्टेरियरको प्रयोग गरिएको हुन्छ । यसबाट फरक गर्दै कम्पनीले यसमा कलर कक्बीनेसन निकै चुस्त गर्न सफल भएको छ । कलरफुल डिटेल्सले कोनालाई थप आकर्षक, बहुमूल्य तथा सुन्दर बनाउन सहयोग गरेको छ ।

हिडन स्टोरेज 

ट्रन्क स्पेशअन्तर्गत ५४४ लिटर स्पेश रहेको छ । ट्रन्क फर्मभित्र हिडन स्टोरेज रहेको छ जहाँ ग्राहकले आवश्यक सामान राख्न सक्नेछन् । हिडन स्टोरेजको कारण कोना प्रयोगकर्ताले ल्यापटप ट्याबलेटलगायतका व्यक्तिगत सामान सहजै राख्न सक्नेछन् । 

फन्की कलर 


कोनामा फन कलरजस्तै पल्स रेड, सार्फ ब्ल्यू तथा टान्जेरिन, लिम ट्वीस्टजस्ता कलरको प्रयोग गरिएको छ । जसले कारलाई थप आकर्षक बनाउन सहयोग गरेको छ । कम्पनीले कोनाको ब्ल्याक कन्स्ट्रास्ट रुफमा समेत फन्की कलरको प्रयोग गरेको छ । 


Back_to_top