यी हुन् मर्मत खर्च कम लाग्ने १० कार

कार किन्ने सबै मानिसको इच्छा हुन्छ । त्यसमा पनि हामी नेपालीहरुको लागि संसारमा नै निकै सस्ता भनिएका कारसमेत निकै महंगो मूल्यमा खरिद गर्नु पर्ने अवस्था रहेको छ ।

यस्तोमा विश्व बजारमा आएका कारहरुलाई बिभिन्न एजेन्सीहरुले त्यसको मूल्य, मेन्टिनेन्स खर्च, कारको बलियो र टिकाउपन, पर्फममेन्स जस्ता कुरालाई आधार बनाएर कारको रेटिङ गरिरहेका हुन्छन् । 

हामीले संसारकै सबैभन्दा कम मेन्टिनेन्स खर्च आउने १० कारको बारेमा तपाईलाई जानकारी दिन गइरहेका छौं । 

१०. किया अप्टीमा

करिब ६ हजार ४०० डलरले १० वर्ष मर्मतसंभार गर्न पुग्ने यो कार निकै सस्तो मूल्यमा मर्मत संभार गर्न सकिन्छ ।  कियाका सम्पूर्ण उत्पादनको नियमित मर्मत संभार गर्दा १० वर्षमा औषत करिब ८ हजार ८०० डलर खर्च हुनेछ । यो रकमसँगै किया ३० वटा अटो उत्पादक मध्ये कम खर्चलाग्ने सवारी साधनमा १४ औं स्थानमा पर्छ । अप्टीमा भने सर्वाधिक सस्तो मर्मतसंभार खर्च लाग्ने १० औं कार हो । 

९. सिअाेन एक्सबी

सिअाेन एक्सबी कार ९ औं सस्तो मेन्टिनेन्स खर्च लाग्ने कार  हो । यो कारमा १० वर्ष चलाउँदा करिब ६ हजार ३०० डलर मर्मत खर्च आउने गर्छ । 

८.टोयोटा यारीस

यो टोयोटाको सबैभन्दा धेरै मेन्टिनेन्स कष्ट आउने कार हो । टोयोटाको करिब औषत मेन्टिनेन्स कष्ट ५ हजार ५०० डलर रहेपनि यो कार १० वर्ष चलाउँदा करिब ६ हजार १०० डलर मेन्टिनेन्समा खर्च गर्नु पर्ने हुन्छ । यो सँगै यारिस ८ औं कम खर्चलाग्ने कार हो ।  

७. निशान भर्सा

जापानीज अठो निर्माता कम्पनी निशानको उत्पादन भर्सा ७ औं कम मेन्टिनेन्स खर्च आउने कार हो । १० वर्षमा यो कारको मेन्टिनेन्स शुल्क ५ हजार ९ सय डलर आउने गरेको छ । 

६. टोयोटा कोरोला

विश्वमा सर्वाधिक बिक्री भएको मोडल हो कोरोला । करिब ५४ मिलियन कोरोला कार विश्व बजारमा बिक्री भएका छन् । यो कम मर्मत खर्च आउने कारको सूचीमा ६ औं स्थानमा आउँछ । यो कारको १० वर्षको मेन्टिनेन्स खर्च करिब ५ हजार ८०० डलर आउने गर्छ । 

५. टोयोटा टाकोमा

टोयोटाको पिक अप टाकोमा सर्वाधिक कम खर्च आउने कारको सूचीमा ५ औं स्थानमा रहेको छ । यसलाई १० वर्ष संचचालन गर्दा ५ हजार ८०० डलर मर्मतसंचार खर्च आउने गर्छ । 

४. होन्डा फिट

सर्वाधिक कम खर्च आउने सूचीमा होन्डा फिट चार औं स्थानमा आउँछ । जापानी अटो निर्माताको सानो ह्याचब्याक कारको १० वर्षको मेन्टिनेन्स कष्ट करिब ५ हजार ५०० डलर बराबर आउने गर्छ । 

३. टोयोटा क्यामरी

टोयोटाको क्यामरी कार निकै चर्चित सेडान कारमा पर्छ । यो निकै कम मर्मत दस्तुर लाग्ने कारको सूचीमा तेस्रो स्थानमा आउँछ । यसको १० वर्ष संचालनको औषत खर्च ५ हजार २०० डलर रहेको छ । 

२. किया सोल

कियाको कम्प्याक्ट एसयूभी सोल सस्तो मेन्टिनेन्स खर्चको लागि निकै चर्चित कार हो । यसको १० वर्षमा औषत मेन्टिनेन्स कष्ट ४ हजार ७०० डलर आउने गरेको छ । 

१. टोयोटा पियुस

टोयोटाको पहिलो हाइब्रिड कार पियुस निकै कम मेन्टिनेन्स खर्च आउने कार हो । यस कारमा १० वर्षमा करिब ४ हजार ३०० डलर मेन्टिनेन्स खर्च आउने गर्छ ।


Back_to_top