काठमाडौं । सन् २०१० मै रेभा इलेक्ट्रीक ब्राण्ड खरिद गरेर ईभी बजारमा प्रवेश गरेको महिन्द्रा आफ्नो चर्चित मोडल इटुओको उत्पादन बन्द गरेपछि प्यासेन्जर कार सेग्मेन्टमा नयाँ ईभी ल्याउन सकेको छैन । सन् २०२० को दिल्ली अटो शोमा केही इभीको कन्सेप्ट देखाएता पनि कम्पनीले अहिलेसम्म व्यसायीक उत्पादन गर्न सकेको छैन । विश्व अटोमोवाइल बजार नै विद्युतीयको बाटोमा लागेता पनि महिन्द्रा गहिरो निन्द्रामा सुतिरहेको अटो क्षेत्रमा हल्ला हुन थालेको थियो ।
लामो समयको प्रतिक्षा पस्चात महिन्द्राले आगामी अगस्ट १५ मा ‘बर्न इलेक्ट्रीक भिजन वेस्ट’ कन्सेप्टमा एकैसाथ ३ वटा ईभी देखाउने भएको छ । महिन्द्राले यसका टिजर भिडियोहरु सार्वजनिक गर्न थालिसकेको छ । महिन्द्रा देखाएको टिजरहरुमा नयाँ ईभीको एक्सटेरियर र इन्टेरियरको झलकहरु देख्न पाइन्छ । नयाँ ईभीको टेक्नीकल स्पेसिफिकेसन, ब्याट्री साइज, रेन्जको विषयमा केही जनाइएको छैन ।
महिन्द्राको यी नयाँ कन्सेप्टमा कम्प्याक एसयूभी, मिडसाइज एसयूभी तथा कुप डिजाइनको एसयूभी हुने अनुमान गर्न सकिन्छ । यी भिडियोहरुको आधारमा महिन्द्राको आउँदै गरेको एसयूभी ईभीको फ्रन्ट डिजाइन डिटेल शोकेस गरेको छ । यसको अगाडिको भागमा सीसेपको एलइडी लाइट र दुबै लाइटलाई मोटो लाइटको स्ट्रिपले जोडेको देख्न सकिन्छ । यो लाइटको ठिक तल महिन्द्राको नयाँ ‘टुइन पिक लोगो’ रहेको छ ।
रेन्डर भएको भिडियो अनुसार यो कन्सेप्टमा परम्परागत रियर भ्यू मिररको सट्टा क्यामरा दिइएको छ । मस्कुलर बनेट स्ट्रक्चर, ब्ल्याक फिनीस पिल्लर, डार्क क्रोम एक्टेरियर पेन्टस्, यूनीक लोअर बम्पर देख्न सकिन्छ ।
महिन्द्राको नयाँ इभीहरु डेडिकेटेड स्केटबोर्ड प्ल्याटफर्ममा बन्ने छन् । नयाँ कारहरुमा फ्ल्याट फ्लोर तथा स्पेसियस क्यावीन रहनेछ । भिडियामा सार्प बडी प्यानल, स्टार सेप ह्वील, रेक्ट्याङ्गुलर सेपको स्टेरिङ ह्वील, होरिजेन्टल डिजिटल क्लष्टर, प्रोमीनेन्ट साइड बडी क्लाइडिङ, स्क्वास व्ल्याक ह्वील आर्क तथा डबल बबल रुफ स्पोइलर देख्न सकिन्छ ।
महिन्द्राले आफ्नो एक्सयूभी ३०० बेसमा इलेक्ट्रीक कम्प्याक एसयूभी ल्याउने यसअघि नै पुस्टी गरिसकेको छ । उक्त एसयूभीका नाम एक्सयूभी ४०० हुने र आगामी वर्षको सुरुवातमै लन्च गर्ने जनाइसकेको छ । यो एसयूभी साङयोङ टिभोलीको एक्स १०० प्लेटफर्ममा आधारित रहेको छ ।


