काठमाडौं । मारुती सुजुकीले यही महिना बजारमा विक्री सुरु गर्न लागेको नयाँ जेनेरेशन ब्रेजामा निकै उपयोगी र प्रिमियम फिचर थप भएर आउन लागेसँगै यसको चर्चा बढ्दै गएको छ । इन्डो–जापानी ब्राण्डले भारतमा उत्पादन गरेको निकै सफल यो एसयूभीको दोस्रो जेनेरेशन मोडल आउन लागेको हो ।
विभिन्न चरणमा परिक्षणको क्रममा देखिएको नयाँ ब्रेजामा थोरै कस्मेटीक परिमार्जन र धेरै टेक्नोलोजीमा आधारित फिचर दिइएको छ । कम्पनीले यसमा दिइएका मुख्य ५ फिचर यसअघि दिइएको थिएन ।
१. पहिलेभन्दा ठूलो ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमः मारुती सुजुकीले नयाँ जेनेरेशन ब्रेजामा ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध हुनेछ । जुन केही महिना अघि बजारमा आएको नयाँ बलेनोमा प्रयोग गरिएको छ । एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने स्मार्ट प्रो प्लस सिस्टम यसमा दिइने छ ।
२. कनेक्ट कार टेकसहितको एलेक्सा सपोर्टः मारुतीले ब्रेजामा पहिलो पटक सुजुकी कनेक्ट फिचर दिन लागेको हो । यसमा ग्राहकले धेरै किसिमका कनेक्ट फिचरहरु पाउन सक्ने छन् । यसमा अमेजन एलेक्साको सहयोगमा धेरै टेक्नोलोजीमा आधारित फिचर चलाउन सकिने छ ।
३. इलेक्ट्रीक सनरुफः आजकाल कारमा धेरै खोजिने फिचर सनरुफ भएको छ । त्यसैले मारुती सुजुकीले पहिलो पटक ब्रेजामा सनरुफ दिन लागेको छ । यसअघि ब्रेजामा यो फिचर उपलब्ध रहेको थिएन । यसमा रहने सनरुफ इलेक्ट्रीकल्ली संचालन गर्न सकिने किसिमको छ ।
४. हेडअप डिस्प्लेः कारको सुरक्षालाई थप मजबुत बनाउन कम्पनीहरुले हेड अप डिस्प्ले दिने गर्छन् । विशेषगरी चालकलाई सडकबाट आँखा नहटाई गाडीले दिइरहेको सुचना गर्न हेड अप डिस्प्ले दिने गरिन्छ । कम्पनीले नयाँ जेनेरेशन बलेनोमा पनि यसको प्रयोग गरेको छ । साथै, कम्पनीले यसमा नयाँ पूर्ण डिजिटल टिएफटी डिस्प्ले दिनेछ ।
५. ३६० डिग्री क्यामेराः अजकल निकै चल्तीमा रहेको फिचर मध्येको एक ३६० डिग्री क्यामेरा पनि यसमा उपलब्ध रहने छ । कम्पनीले ब्रेजालाई थप प्रिमियम बनाउन यो फिचर दिन लागेको हो । यसले सहरी क्षेत्रमा चालकलाई निकै सहयोग गर्छ । साथै, पार्किङ गर्ने समयमा पनि यसले सहयोग पुग्छ ।


