जापानीज सवारीसाधन उत्पादक कम्पनी सुजुकीले आफ्नो निकै चर्चित कम्प्याक्ट एसयूभी ग्रान्ड भिटारालाई यसै वर्षको सेप्टेम्बर महिनाबाट बेलायती बजारमा बिक्री खुल्ला गर्ने भएको छ ।
नयाँ फेसलिफ्ट ग्रान्ड भिटारामा कम्पनीले निकै धेरै परिर्वतन गरेर ल्याएको जनाएको छ । कम्पनीले नयाँ ग्रान्ड भिटारामा १.० लिटर र १.४ लिटर बुस्टरजेट टर्बोचार्ज पेट्रोल इन्जिनको साथमा ल्याएको हो । यसअघि प्रयोग गरेको १.६ लिटर पेट्रोल इन्जिनलाई पूर्णरुपमा हटाएर टर्बोचार्जड इन्जिनमा ल्याइएको हो ।
नयाँ १.० लिटर बुस्टरजेट इन्जिन अलग्रिप फोर ह्वील ड्राइभ अप्सनमा आएको छ । जसले १०९ बीएचपी पावर उत्पादन गर्छ । साथै १.४ लिटर बुस्टरजेट इन्जिनले १३८ बीएचपी पावर र २२० एनएम टर्क उत्पादन गर्छ ।
सुजुकी कम्पनीले नयाँ फेसलिफ्ट भर्सनमा थुप्रै टेक्निकल फिचरहरुमा समेत परिर्वतन गरेको छ । यसमा दिइएको बम्परमा परिमार्जन गरिएको छ भने यसको ग्रिलमा निकै परिर्वतन गरिएको छ । एलइडी डेटाईम रनिङ ल्याम्प दिइएको यस एसयूभीमा एलोय ह्वीलसमेत परिर्वतन गरिएको छ ।
कारको भित्री सारसज्जामा समेत परिर्वतन गरिएको छ । कारको ड्यासबोर्डमा नरम मेटेरियलको प्रयोगको साथ इन्स्ट्रुमेन्टल क्लस्टर दिइएको छ । कारको टप भेरिएन्टमा डुवल सेन्सर ब्रेक सपोर्ट, लेन डिपार्चर वार्निग, ट्राफिक साइरन सिग्नल, ब्लाइन्ड स्पर्ट मोनिटरजस्ता फिचरहरु दिइएको कम्पनीले उल्लेख गरेको छ ।

