अटोमोबाइल निर्माता कम्पनीहरुले भारतीय बजारमा आगामी दुई वर्षमा ३० प्रतिशतले लगानी वृद्धि गर्ने अनुमान गरिएको छ । क्रिसल रेटिङ एजेन्सीको एक अध्ययनले सवारीसाधन उत्पादनमा ५८ हजार करोड थप लगानी हुने अनुमान गरेको छ ।
यस मध्ये निजी कार उत्पादकले ७० प्रतिशत लगानी गर्नेछन्, उनिहरुले ४० हजार ६ सय करोड लगानी गर्ने छन् । भने कमर्शियल गाडी निर्माताहरूले २० प्रतिशत करिब ११ हजार ६०० करोड लगानी थप गर्ने छन् । त्यसैगरी टु–ह्वीलर निर्माताहरूले १० प्रतिशत अर्थात ५ हजार ८०० करोड लगानी थप गर्ने अनुमान गरिएको छ ।
उक्त कम्पनीको रिर्पोट अनुसार पेसेन्जर भइकल, कमर्शियल भेइकल र टु–ह्वीलर सेग्मेन्टमा टप दुई कम्पनीले ६० देखि ७० प्रतिशत मार्केट सेयर लिने प्रक्ष्यपण गरिएको छ । अहिलेपनि पेसेन्जर सेग्मेन्टमा मारुती र हुन्डाई आक्रमक उत्पादन वृद्धिमा लागिपरेका छन् । उनिहरुले भारतीय बजारको मागलाई सम्बोधन गरेर निर्यातसमेत गरिरहेका छन् । अन्य सेग्मेन्टमा पनि टप २ कम्पनीले ६० देखि ७० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेका छन् ।
क्रिसलले आर्थिक वर्ष सन् २०१८ को बाँकी ५ महिनाको समय अवधीमा आठवटा मुख्य पेसेन्जर भेइकलका मोडल सार्वजनिक हुने अनुमान गरेको छ ।
५८ हजार करोड भारतीय रुपैयाँ आधा बजेटले गाडीको मागमा भएको वृद्धि पूरा गर्नका लागि क्षमताको विस्तार गर्नुपर्ने हुन्छ । साथै, यसले नयाँ उत्पादन वा टेक्नोलोजीका लागि सन्तुलन गर्न पनि सहयोग गर्दछ ।
क्रिसल रेटिङ्गका सिनियर डाइरेक्टर अनुज सेठ्ठी भन्छन् ‘भारतमा आर्थिक वर्ष २०२० सम्ममा उच्च अङ्कमा अधिकांश भागहरूमा सवारीसाधन बढ््दै जान्छ, मानिसहरूको डिस्पोजेवल आय बढ्दै गएको छ र औद्योगिक तथा ग्रामीण गतिविधि पनि बढ्दै गएको छ । फलतः सवारीसाधनको माग उच्च रहनेछ ।’
सवारीसाधन निर्माताहरूले नयाँ कार उत्पादन र इलेक्ट्रीक भेहिकलमा लगानी बढाउने देखिन्छ । क्रिसलले आर्थिक वर्ष सन् २०१८ को बाँकी ५ महिनाको समय अवधीमा आठवटा मुख्य पेसेन्जर भेइकलका मोडल सार्वजनिक हुने अनुमान गरेको छ । भारतमा पछिल्लो दिनमा गाडी उत्पादकले लगानी बढाउनु पर्ने मुख्य कारण टेक्नोलोजी परिर्वतन, बीएस-सिक्स इमिसन नर्म तथा स्टार्टिङ्ग ब्रेकिङ नर्म र दुर्घटना परीक्षण जस्ता बिषयमा सरकारले कडाई गरेको हुनाले हो ।
भारतमा मुख्य कार निमार्ताहरूले भारी लगानी गर्ने घोषणा गर्ने गरेका छन् । मारुती, सुजुकी, हुन्डाई, टाटा सबै कार निर्माता कम्पनीले ठूलो लगानी गर्ने योजना अगाडि ल्याइसकेका छन् । यस्तो नयाँ लगानीले कार सार्वजनिक गर्नमात्र सहयोग नगरि उनीहरुको आरएन्डडी सुधार गर्न तथा डिलरसिप अनुभव र नेटवर्क बढाउन पनि मद्दत पुग्नेछ ।


