आयो टाटा विङ्गर–१५ सिटर, यस्तो छ मूल्य

टाटा मोटर्सले नयाँ कमर्शियल भेइकल सार्वजनिक गरेको छ । टाटा विङ्गर–१५ एस नाम दिइएको प्यासेञ्जर गाडीको मूल्य १२ लाख ५० हजार भारतीय रुपैयाँ तोकिएको छ । 

टाटा विङ्गर–१५ एस मनोसक बस हो, यसमा १५ जना प्यासेञ्जर सहजै यात्रा गर्न सक्छन् । यसमा नयाँ एडिसनल फिचर दिइएको छ । प्यासेञ्जरका लागि १५ एसमा पुशब्याक सिट, इन्डीभ्युजूअल एसीभेन्ट तथा यूएसबी चार्जिङ प्वाइन्ट दिइएको छ ।

मनोसक बस विशेषतः मनोकक फ्रेमको आधारमा बनाइएको हुन्छ । यसले नाइस, भाइब्रेन र हर्सनेशमा कम प्रभाव पार्नुकासाथै कन्ट्रोल गर्ने गर्छ । 

बसमा इन्डीपेन्डेन्ट सस्पेन्सनकासाथै फ्रन्ट एन्टी रोलबार तथा रियर हाइड्रोलिक शक अब्सार्बर सस्पेन्सन दिइएको छ । 

टाटा विङ्गर–१५ एसमा २.२ लिटर डिकोर डिजेल इञ्जिन लगाइएको छ, जसले ९८ बीएचपी पावरकासाथै १९० एनएमटर्क उत्पादन गर्छ । इञ्जिनमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको कम्पनीले जनाएको छ । 

टाटा विङ्गर–१५ एसको टपस्पीड क्षमता प्रतिघन्टा १०० किलोमिटर रहेको छ । यसको फ्रन्टमा डिस्कब्रेक तथा रियरमा ड्रम युनिट्स लगाइएको छ । 

साथै, कम्पनीले बसलाई तीन वर्ष वा ३० हजार किलोमिटरको एक्सटेन्डेड वारेन्टी दिएको छ । विशेषतः ट्राभल एजेन्सी तथा मार्केटिङ्ग प्रयोजनका लागि यसको प्रयोग हुने कम्पनीले जनाएको छ । 


Back_to_top