होन्डा मोटर्स इन्डियाले होन्डा सिटी, ‘डब्ल्यूआर–भी र भीआरभी’ मोडलको स्पेशल एडिसन सार्वजनिक गरेको छ । कम्पनीका उपभोक्तालाई आकर्षित गर्ने लक्ष्यसहित कम्पनीले एकसाथ तीन मोडलको स्पेशल एडिसन सार्वजनिक गरेको हो ।
पेट्रोल भर्जनमा निर्माण भएको होन्डा सिटी एज एडिसनको मूल्य नौ लाख ७५ हजार भारतीय रुपैयाँ तोकिएको छ । डिजेल भर्जनको मूल्य भने ११ लाख भारतीय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो मोडलको सेडान कारलाई कम्पनीले अटोमेटिक र म्यानूअल दुवै ट्रान्समिसनमा ल्र्याको छ ।
स्पेशल एडिसनमा लोगोकासाथै १५ इञ्चको डायमन्ड कट एलोय ह्वील, रियर पार्किङ सेन्सर तथा एड्भान्स रिभर्स पार्किङ क्यामरा लगाइएको छ ।
होन्डा आर–भी–अलाइभ एडिसनमा स्पेशल एडिसनका लोगो लगाइएको छ भने, रिभ्यू क्यामरा र पार्किङ सेन्सरकासाथै १६ इञ्चको डायमन्ड कट एलोय ह्वील्सको प्रयोग गरिएको छ । यसको अलवा होन्डा कनेक्ट, प्रिमियम सिट कभर्स र स्टेयरिङ्ग कभर्स दिइएको छ । क्रशओभर एसएमटी म्यानूअल ट्रान्समिसन भ्यारियन्टमा आधारित मोडल हो ।
पेट्रोल भ्यारियन्टअन्तर्गत यसको मूल्य आठ लाख दुई हजार भारतीय रुपैयाँ तोकिएको छ । डिजेल, भ्यारियन्टको मूल्य नौ लाख ११ हजार भारतीय रुपैयाँ तोकिएको छ । ‘डब्ल्यू आर–भी’का लागि होन्डाले नयाँ मेटालिक रेड कलर अप्सन पनि दिइएको छ ।
बीआर–भी स्टाइल एडिसनलाई ट्रीम अप्सन दिइएको छ । पेट्रोल भर्जनको मूल्य १० लाख भारतीय रुपैयाँ र डिजेल भर्जनको मूल्य ११ लाख ७९ हजार भारतीय रुपैयाँ रहेको छ । यस स्पेशल एडिसनमा दिइएको लोगोले कारको लूक्स निक्कै स्पोर्टी रहेको छ । साथै, फ्रन्टगार्ड, टेलगेट स्पोइलर, बडीसाइड र फ्रन्ट तथा रियरमा बम्पर प्रोजेक्टर्स दिइएको छ ।

