मोडीफाई ‘क्रिसलर ३००’मा २६ इन्चको एलोय ह्वील

जापानीजहरु कारमा सधै भिन्न प्रयोग गर्न रुचाउँछन् । उनिहरुको कार कल्चर अन्य देशको तुलनामा निकै भिन्न रहेको पाईन्छ । 

उनिहरु युरोपीयन बोसोजुकु कारदेखि अमेरिकी मस्कुलर कारसम्मलाई मोडीफाई गर्न माहिर रहेका छन् । उनिहरुले कारमा निकै आर्कषक अपग्रेड गर्ने गरेका छन् । पछिल्लो समय क्रिसलर ३०० मा गरेको परिर्वतनले सबैलाई आश्चर्यमा पारेको छ । 

क्रिसलर ३००मा रहेको २० इन्चको ह्वीललाई परिर्वतन गरि २६ इन्च फोगेर्टो रिमको प्रयोग गरिएको छ । यसमा २७५–२५ को टायर आर्क ह्वीलमा फिलिङ गरिएको छ । यसले कारलाई निकै रोमाञ्चक बनाएको छ । 

सिल्भर कलरमा एक्टेरियर सजाईएको यो कारमा प्रयोग भएको ह्वीलको नाम ‘ओजी २६ फियुरी’ दिइएको छ । २६ को अर्थ ह्वीलको साइज हो भने फियुरी इटलियन चर्चित फुलको नाम हो । 

यो क्रिसलर ३००को ग्रिल बेन्टलेको जस्तै बनाइएको छ । साथै यस गाडीको बिभिन्न पार्टसमा एलइडी लाईट लगाइएको छ । 

अहिले क्रिसलर ३०० मोडीफाई गर्ने गाडीधनीले २६ इन्चको ह्वील दिएका छन् भने, अब उनले सेभ्रोले कमारोमा ३२ इन्चको ह्वील दिने तयारी गरेका छन् । कमारोमा अझ धेरै मेकानिकल अपग्रेडसमेत गर्ने उनले योजना बनाएको जनाइएको छ ।


Back_to_top