जापानी कार उत्पादक कम्पनी टोयोटाले कोरोला ह्याचब्याक कार नयाँ जेनेरेसनमा ल्याउने भएको छ । कम्पनीले उक्त कार हाइब्रिड मोडलमा उत्पादन गर्ने योजना बनाएको जनाएको छ ।
टोयोटासँग हालसम्म पनि फक्सवागनको गल्फ जीटीआईजस्ता कारसँग प्रतिस्पर्धा गर्ने मोडल तयार भएको छैन ।
टोयोटाले आफ्नो चर्चित मोडल कोरोलाको ह्याचब्याक सेगमेन्ट तत्कालै ल्याउँछ वा केही समयपछि ल्याउँछ भन्ने स्पस्ट पारेको छैन । तर, कोरोला ह्याचब्याक पुरानै पेट्रोल इन्जिनमा भने आउने छैन । इन्जिन तथा अन्य पार्टमा पनि परिमार्जनसहित ल्याउने भएको छ ।
नयाँ कोरोला ह्याचब्याक कार हाइब्रिड पावरट्रेनमा उत्पादन हुने टोयोटाका प्रमुख इन्जिनियर यासुशि युइडाले बताए । नयाँ आउने मोडल निक्कै आकर्षक हुनेसमेत उनको भनाइ छ ।

हट ह्याचब्याक कोरोलाको बारेमा अनुसन्धान भएको भएपनि विस्तृत योजना भने आइ नसकेको युइडाले बताए । तर भविष्यका लागि हट हाब्रिड निक्कै उपयोगि हुने उनको भनाइ छ ।
टोयोटा मोटरका अनुसार नयाँ कोरोला ह्याचक्याकमा पेट्रोलयुक्त इन्टरनल कम्बुस्टन इन्जिन प्रयोग हुनेछ जसले अघिल्लो पांग्रा घुमाउने छ ।

त्यस्तै रेयर एक्सएल भने इलेक्ट्रिक मोटरले घुमाउने छ । यो केही हदसम्म र्याभफोर हाइब्रिडसँग मिल्दोजुल्दो हुने छ । यसमा २.५ लिटरको इन्जिन र २ वटा इलेक्ट्रिक मोटर रहने छन्, जसले १ सय ९४ एचपी पावर दिन्छ ।


